सञ्चारमन्त्री गुरुङले भने- समुदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने गरेको उल्लेख गर्दै जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सामूदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव) का नवनिर्वाचित कार्य समितिलाई सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा स्वागत तथा बधाईँ ज्ञापन गर्दै उनले सामूदायिक रेडियोहरुले आफैंले बनाएर लागू गरेको मापदण्ड अनुसार अघि बढने विश्वास समेत व्यक्त गरे ।

‘सामूदायिक रेडियोहरु तय गरिएका मापदण्ड अनुसार चल्नुपर्ने हुन्छ,’ मन्त्री गुरुङले भने,‘समूदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न ।’ त्यस अवसरमा उनले अकोरावले राखेका जायज माग सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भेटमा अकोरावका अध्यक्ष अर्जुन गिरीले सामूूदायिक रेडियोहरुका लागि विपद व्यवस्थापन कोषको छुुट्टै व्यवस्था गर्नुपर्ने, कर छुुट, विद्युत महसुल तथा टेलिफोन महसुल छुुटका लागि नीतिगत व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *