एमसीसीलाई संसदको बिजनेश बनाउन एमाले सांसद अधिकारीको माग (भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेस बनाउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले लामो समयदेखि अड्किरहेको टिप्पणी गरे। ‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो,’ अधिकारीले भने, ‘आज त्यो थन्को लागेर सभामुख महोदय तपाईं समक्ष छ । यो संसदमा तीन/चार वर्ष कति वर्षसम्म लड्काउने हो ?’

उनले थपे, ‘एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको बिजनेश बनाइयोस्, संसदको विषय बनाइयोस् भन्ने जोडदार माग राख्न चाहन्छु ।’

तत्कालीन नेकपामा एमसीसीबारे चर्को मतभेद थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *