काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा बुधबारको मूल्यभन्दा एक हजार रुपैयाँले बढ्दै प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
आज चाँदी प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ । यो मूल्य हिजोको मूल्यभन्दा १५ रुपैयाँले बढी हो ।

Leave a Reply