सरकारले आवश्यकता हेरेर नयाँ पेट्रोल पम्प खोल्न दिन्छ : उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्यालाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको जानकारी दिएका हुन् ।

उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी सकारले गरेको बताए । व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए ।

कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको जानकारी दिए । विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको भए पनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेकोे बताए । निजी क्षेत्र नाफामूखी हुने र सोहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि उनले बताए ।

सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए ।

अनुगमन गर्दा आचारसंहिता भित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनैपनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरूले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकाले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताए ।

Comments

One response to “सरकारले आवश्यकता हेरेर नयाँ पेट्रोल पम्प खोल्न दिन्छ : उद्योगमन्त्री भट्ट”

  1. गजेन्द्र Avatar
    गजेन्द्र

    हो यथार्थ कुरो यो हो ।सु प ग्यास ब्यापारी बाट पट्टा दिलाउछु भनी खाएको पैसाले पोलेछ क्यारे ।अब केपि संग मिलेर दिलाउने प्रयासमा हो ।।आफै बम्मै बेङलोर गयर कमिसन महंगोमा मा सिलिन्डर समेत किनेको होइन ।कुटिरा को कुरा खुल्दैछ बिस्तारै त भ्रष्टाचारीको थुतुनु बाट।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *