सरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्रै बाँकी हो: माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ ।

पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई  राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताए ।

‘यो सरकारलाई हाम्रो सर्मथन छैन,’ श्रेष्ठले भने, ‘हामीले प्राविधिकरुपमा मात्रै चिठी लेखि सकेका छैनौ ।’

सर्वोच्चको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ (२) को अनुसार भएको भन्दै उनले सरकारले आफूहरुको सर्मथन नमागेको पनि बताए।

श्रेष्ठले भने, ‘सर्वोच्चको फैसलापछि सरकार ७६ (२) को सरकार भएकाले हामीलाई अहिलेसम्म सर्मथन मागेको पनि छैन। हामीले सर्मथन दिएका पनि छैनौं ।’

केपी ओलीको सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुने आग्रह गरे। ‘सबै राजनीतिक पार्टीलाई आआफ्नो कुरो प्रष्ट रुपमा ल्याउन अनुरोध गर्दैछौं,’ श्रेष्ठको भनाइ छ, ‘केपी ओली कै सरकारमा जानु छ भने पनि गए हुन्छ तर प्रष्टसँग आउनुपर्‍यो । हाम्रो लाइन प्रष्ट छ–हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहान्छौं ।’

यही संसदलाई क्रियाशिल बनाउने चाहाना माओवादीको भएको भन्दै सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी श्रेष्ठले गराए।

‘हामी यो संसदलाई पुरा अवधि क्रियाशिल बनाउन चाहान्छौं,’ उनको भनाइ छ, ‘यही कारणले मात्रै हामीले औपचारिक रुपमा सर्मथन फिर्ता छ भनेर लेखेर दिनुभन्दा अगाडि सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आँकलन गर्ने काम गरिराखेका छौं।’

Comments

One response to “सरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्रै बाँकी हो: माओवादी केन्द्र”

  1. Deependra Oli Avatar

    साथिहरुको टाइपिङ्ग स्लो (सुस्त) रहेछ । टाइपिङ्गमा कति दिन जति लाग्ला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *