सातै प्रदेशमा सिभिल बैंकको वित्तीय तथा सचेतना कार्यक्रम

काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी सप्ताहब्यापी ‘ग्लोबल मनी विक’ मनाएको छ ।

बैंकले ग्लोबल मनी विकको सात दिनमा सातै प्रदेशमा विभिन्न जनचेतना मुलक र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी मनाइएको बैंकले जनाएको छ ।

प्रदेश १ को बिराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको सुरुवात गरेको छ ।

प्रदेश २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी गरेको छ ।

बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीइ साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानी गरेको छ ।

गण्डकी प्रदेशको बेगनास तालडुंगा ब्यबसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिएको सिभिल बैंकले जनाएको छ।

यसको अलावा बैंकले विद्युतीय कारोवारका सात प्रमुख विद्युतीय माध्यमहरु मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट का बारेमा जनचेतनामुलुक कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *