ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा रोल्पाको दरबोट बजारमा

काठमाडौं । ग्लोवल आईएमई बैंकले रोल्पाको दरबोट बजारमा शाखारहित बैंकिङ सेवा सन्चालनमा ल्याएको छ । जनता बैंकसँगको मर्जरपछि आक्रामक भएर बजार विस्तार गरेको बैंकको यो २ सय ५७ औं शाखारहित बैंकिङ सेवा हो । दरबोट बजार शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पाका नगरपालिकाका मेयर पूर्ण केसीले गरे ।

यस शाखा रहित बैंकिङ मार्फत बैक खाता खोल्ने, निक्षेप संकलन तथा कर्जाको माग गर्न सक्ने, आफ्नो खाताको बारेमा जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायत अन्य डिजिटल भुक्तानी सम्वन्धी कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

अब कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत भएका यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा लिनका लागि टाढा–टाढा सम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
२२ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *