नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

काठमाडौं । नेकपा एमालेले पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सच्चिनका लागि अन्तिम मौका दिएर ६ महिना निलम्बन गरिएको जनाएको छ ।

यसबीचमा नसच्चिए निलम्बनकै बीचमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ ।

दुवै नेतालाई लेखिएको कारबाही पत्रको व्यहोरा उस्तै छ । पत्रमा स्पष्टीकरण बुझाउँदा कुनै गल्ती स्वीकार नगरी अहंकार र आत्म केन्द्रित कुराहरू लेखेको उल्लेख छ ।

‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ पत्रमा भनिएको छ।

स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ति नगरेको र कुनै आत्मसमीक्षा नगिरएको भन्दै थप कारबाही हुने चेतावनीसमेत पत्रमा दिइएको छ। पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरू कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।’

 

 

Comments

One response to “नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)”

  1. नेत्र प्याकुरेल Avatar

    समुन्द्रको दुई थोपा पानी बालुवामा बिलाएर पार्टीलाई केही असर पर्दैन । कार्यबाही उपयुत्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *