भीम रावल भन्छन्: स्पष्टीकरण हामीले होइन, ओलीले दिनुपर्छ

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफूहरुले नभइ पार्टी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रष्टीकरण दिनुपर्ने बताएका छन् । पार्टीले आफूहरुलाई स्पष्टीकरण सोधेकोप्रति असन्तुष्टि जनाउँदै नेता रावलले जनता र कार्यकर्ता पंक्तिबाट उठेका अनेक प्रश्नको जवाफ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताएका हुन् ।

मंगलबार आफूपक्षीय अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै रावलले फागुन २८ गते एमाले केन्द्रीय कमिटीले गरेको निर्णय अवैध भन्दै त्यसलाई नमान्ने बताए ।

‘हामी केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौं,’ उनले भने, ‘नेपाली जनताले तपाईं (ओली)लाई सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ? पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो ?’

रावलले आफूहरुलाई थाहा नै नदिइ बैठक राखेर मनोनयन गरेको भन्दै त्यहीबाट पार्टी फुटाउने काम शुरु भएको दावी गरे। ‘खुुलेआम आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौं, तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन।’

माधव नेपाल पक्षधर अनेरास्ववियुले काठमाडौंमा राष्ट्रिय भेला गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *