सोलुखुम्बुमा ग्लोबल आइएमई बैंकले सरु गर्यो शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैकले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाकि उपमेयर कल्पना राईले गरिन् भने यस बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ । यो बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ।

शाखा रहित बैंकिङ सेवा सञ्चालनमा आएपछी बैंक खाता खोल्न सकिने, रकम जम्मा गर्न तथा झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन, कर्जाको व्याज भुक्तानी गने, बिद्युत लगायतको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न लगायतका सेवा लिन सकिने बैंकले जनाएको छ।

यो सेवा सञ्चालनमा आएसँगै उक्त नगरपालिकाका बासिन्दालाई धेरै टाढा सम्म बैंकिङ्ग सेवा लिन जानुपर्ने बाध्यको अनत्य भएको छ ।

यस बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *