काठमाडौं । नेप्से परिसूच सोमबार २४.०८ अंकले घटेको छ । आज भएको एक करोड ९ लाख ३१ हजार ३५८ कित्ताको किनबेचमा ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर ४६ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, नेपाल बैंकको ३१ करोड, नेपाल लाईफ इन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज अपर तामाकोशीको शेयर १० प्रतिशतले बढेको छ । आज पनि चन्द्रागीरि हिल्सको शेयर मूल्य करीब १० प्रतिशतले नै बढेको छ । आज होटल समूह र जलविद्युत समूहको बाहेक सबैको सूचक घटेको छ ।

Leave a Reply