श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कैलाली । डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ गरेका छन् ।

नवदुर्गा गाउँपालिका–५ ठाँटाका २८ बर्सिया मनीषा साउदको हत्या आरोपमा २९ वर्षीय श्याम साउद पक्राउ परेका छन् ।

शनिबार दिउँसो श्रीमती अचेत रहेको भन्दै आफैँले स्थानीय प्रहरी चौकीमा गरेका थिए । साउदबाटै हत्या भएको हुन सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

‘घरमा पुग्दा श्रीमती अचेत भएको भन्दै उनले प्रहरीलाई खबर गरेका थिए ’प्रहरी निरीक्षक चन्दले भने,हामीले श्रीमानबाटै हत्या भएको हुन सक्ने भन्दै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’

मृतक मनीषाका ४ वर्षीय छोरा र ६ बर्सिया छोरी छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *