पम्फा भुसालको दाबी- संसद पुन:स्थापनाको फैसलाले देश अग्रगमनमा आयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि देश अग्रगमनमा आएको बताएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई पार्टीको प्रतिनिधिका रूपमा सम्बोधन गर्दै नेतृ पम्फा भुसालले सर्वोच्चले संविधानको अक्षरस: व्याख्या गरेको समेत बताइन् ।

‘सर्वोच्च अदालतले संविधानको अक्षरस: व्याख्या गरेको छ,’ उनले भनिन्, ‘अब संविधानमाथि कू गर्ने दुराशय राख्ने बाटोसमेत बन्द गरिदिएको छ । अन्ततः देश अग्रगमनमा आएको छ। संविधानमाथि मात्रै होइन, लोकतन्त्र र गणतन्त्र नै समाप्त पार्ने हिसाबले प्रतिनिसिसभाको विघटन गरिएको थियो ।’

भुसालले जनतको आन्दोलन र न्यायापालिकाको फैसलाले लोकतन्त्र धरापमा पार्ने कदम रोकिएको टिप्पणी गरिन्। ‘जनताको आन्दोलन र न्यायापालिकाको फैसलाले संविधान, लोकतन्त्र र व्यवस्था नै धरापमा पार्ने कदम रोकिएको छ,’ उनको भनाइ छ, ‘प्रधानन्यायाधीशले नै नेतृत्व गरेको बेन्चले संविधानको अक्षरश फैसला गरेकोमा हार्दिक स्वगत गर्न चहान्छौं ।’

बोलेको र नैतिकताका आधारमा कानूनमन्त्रीले समेत राजीनामा दिएको स्मरण गर्दै भुसालले प्रधानमन्त्री ओलीबाट त्यस्तो नैतिकताको पालना नभएको आरोप लगाइन । उनको भनाइ छ, ‘मैले सोचको थिए, फागुन ११ पछि त्यो नैतिकताको पालना गरिने छ। अहिले पनि जिताहाजस्तो गरेर हिँड्ने कुराले जनतामा कस्तो सन्देश जान्छ होला ? राजनीति बदनाम भएको छ । राजनीति भनेको फट्याइ हो भन्ने परेको छ । सारा मिडियामा कस्ता कार्टन आउँछन् ? नैतिक जिम्मेवारी लिने संस्कार विकास गरौं ।’’

भुसालले भनिन्, ‘फागुन २३ गतेको फैसलामा नमागेको कुरा दिइयो भन्नेमा हाम्रो असहमति छ। तर हामी सर्वोच्चको फैसला मान्छौं । हामी पुनरावलोकनमा पनि जान्छौं भनेका छौं ।’

भारतले दिएको कोरोनाविरुद्धको खोप स्वीकार गरेको तर चीनले दिएको खोप ल्याउन ढिला गरेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरिन्।

भुसालको टिप्पणी थियो, ‘देशले दिएको उपहार पनि लिन नसक्ने ? मित्र राष्ट्र चीनले दिएको खोप किन ल्याएको ? सन्तुलिन विदेश नीति भनेको त्यही हो ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *