माधवपक्षीय भेलाको पूर्वसन्ध्यामा यस्तो देखियो चहलपहल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ ।

दुई दिने राष्ट्रिय भेलाका लागि भेन्यूका रूपमा ललितपुरको सानेपा हाइटस्थित हेरिटेज ब्यान्क्वेटलाई चयन गरिएको छ ।

पार्टीभित्रको विवादबारे निर्णायक कदम चाल्नुअघि नेपाल पक्षले कार्यकर्ताको पनि ‘मुड’ बुझ्न चाहिरहेको छ । त्यसै अनुसार आयोजान गर्न लागिएको कार्यकता भेलाबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन आयोजना गरियो ।

भेलामा करिब तीन हजार कार्यकर्ता भेला हुने माधव पक्षको दाबी छ । भेलाको पूर्वसन्ध्याम हेरिटेज ब्यान्क्वेटको चहलपहल भने बढेको देखिन्छ ।

         

Comments

2 responses to “माधवपक्षीय भेलाको पूर्वसन्ध्यामा यस्तो देखियो चहलपहल”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    लाजको पसारो
    उपयोगितावादको खेताला
    मतलब कुण्ठा बादशाहहरूको गोठाला!

  2. रामलखन यादव Avatar
    रामलखन यादव

    ओलीलाइ गुट चलायो भन्नेहरूकाे गुटे राजनीति । प्रचण्डको पछि लागि ओलीको बिराेध गरेकाे र अहिले उही प्रचण्ड कै निर्देशन वा मिलेमताेमा हुँदाखाँदाका एमाले पार्टी पनि फुटाउन लागे ।
    योगेशजी तपाँइ त सति नजानूस त्यो प्रचण्डको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *