कांग्रेसमा सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रदेखि वडासम्मका सबै तहमा सभापति र उपसभापतिमध्ये एक महिला अनिवार्य हनुुपर्ने व्यवस्था गर्न महिला नेतृहरुले माग गरेका छन् ।

कांग्रेसको महिला विभागले आयोजना गरेको बागमती प्रदेशस्तरीय महिला भेलाले ५ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।

‘सहानुभूतिको ठाउँमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ’ घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ।

भेलाले पार्टीको संसदीय समितिदेखि सबै संरचनामा एक तिहाई महिला पदाधिकारी अनिवार्य गर्न समेत माग गरेको महिला विभागकी सचिव लक्ष्मी खतिवडाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भेलाले महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका दोषीहरुलाई कडा कानूनी कारावही गर्नसमेत माग गरेको छ । भेलाले बालिकाहरुलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितता गर्न पनि माग गरेको छ । २ दिनसम्म कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका कांग्रेसका महिला नेतृहरुको उपस्थितिहरुको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *