ओलीसँग मिल्ने सम्भावना सकियो : वामदेव गौतम

काठमाडौं । पुन:स्थापित नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक डाकेर गरेका निर्णयहरुप्रति असन्तुष्टि जनाएका छन् ।

यो कदमले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको उनको प्रतिक्रिया छ ।

गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना अब रहेन ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि अभियान सञ्चालन गरेका थिए ।

अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि उनले एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने मत राखेका थिए । तर, ओलीले आज माधव नेपाल पक्षलाई थाहा नदिइकन पार्टीकाे जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गरेपछि गौतमको असन्तोष सार्वजनिक भएको हो ।

Comments

One response to “ओलीसँग मिल्ने सम्भावना सकियो : वामदेव गौतम”

  1. Balkrishna Bhitrikoti Avatar
    Balkrishna Bhitrikoti

    यो एमाले पाटीको सबै भन्दा गर्द्दार हुन बामदेब ५२ सालको एमालेको लोकप्रीयता लाई देखेर अब कम्युनिस्ट को बहुमत आउँछ भनेर पाटी फुटाउने पनि बामदेब चुनाव हारेर पनि रास्टिय समिति सदस्री चाहिने र पछी संबिधान संम्सोधन गरेर भए पनि प्रधानमन्त्री हुनु पर्ने तान्डु नाचले गर्दा र पाटीमा भएका केही गुठी स्वार्थी दलाल हरुले गर्दा पाटी यो अबस्थामा पुराएका हौ बोल्न पनि लाज हुदैन,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *