बरिष्ठ पत्रकार सुशील शर्माको निधन

काठमाडौं- बरिष्ठ पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बीबीसी नेपाली सेवामा कार्यरत थिए ।केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।

काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको जनाइएको छ । उनको श्रीमती र एक छोरा छन्।

शर्मा डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए। उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए।

त्यसअघि उनले द राइजिङ नेपाल र काठमाण्डू पोस्टमा काम गरेका थिए। शर्मासँग लामो समय काम गरेका पत्रकार राजेन्द्र दाहाल समकालीन पत्रकारहरूमा वस्तुनिष्ठ पत्रकारिता गर्ने थोरैमध्येका एक शर्मा भएको मान्छन्।

दाहाल भन्छन्, ‘म उनको तटस्थतालाई समकालीनमध्ये अद्वितीय मान्छु। म अरू कसैलाई त्यस्तो मान्न सक्दिन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *