अकोराबको नेतृत्वमा पहिलोपटक कांग्रेस निकट पत्रकार, अध्यक्षमा गिरी र महासचिवमा थापा

काठमाडौं । देशभरका सामुदायिक रेडियोहरूको छाता संस्था रेडियो प्रसारक संघ (अकोराब)को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन्। अहिलेसम्म एमाले निकटको नेतृत्व रहँदै आएको अकोराबमा पहिलोपटक कांग्रेस निकट प्रेस युनियनका गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार घोषणा भएको परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्षमा बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्वाचित भएका हुन्।

अकोराबमा नेकपा एमालेको ओली पक्ष र कांग्रेस निकट पत्रकारबीच गठबन्धन भएको थियो। जसअनुसार अध्यक्ष र महासचिव प्रेस युनियन ,वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष प्रेस संगठन नेपाल (ओली पक्ष)बीच भागबन्डा मिलेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *