सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी, मन्त्रीहरु फिर्ता बोलाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा कानूनी लगायत प्रक्रिया मिलाउन प्रमुख सचेतक देव गुरुङ र वर्षामान पुनलाई जिम्मा दिइएको छ ।

स्थायी समिति सदस्य गणेश साहका अनुसार उनीहरुले यस विषयमा केन्द्रीय कमिटीमा राय दिनेछन् । १ गते बस्ने केन्द्रीय समिति वैठकले यस विषयमा निर्णय लिने उनले जानकारी दिए ।

पार्टीको निर्देशनपछि राजीनामा नदिने मन्त्रीलाई कारवाही गर्ने तयारी माओवादीले गरेको छ । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ५ जना मन्त्री छन् । सर्वोच्चको फैसलापछि एमाले र माओवादी ब्यूँतिए पनि उनीहरु एमालेमै बस्ने भएपछि माओवादीले कारवाहीको तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र खानेपानी मन्त्री मणी थापा अहिले सरकारमा छन् । उनीहरुले आफ्नो पद गए पनि ओलीको साथ नछोड्ने बताइरहेका छन्

Comments

One response to “सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी, मन्त्रीहरु फिर्ता बोलाइने”

  1. Jiban bist Avatar
    Jiban bist

    Ani gaurishankar ta

Leave a Reply

Your email address will not be published. Required fields are marked *