माधव नेपाल पक्षको बेग्लै बैठक बानेश्वरमा जारी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरूको भेला शुरू भएको छ ।

बैठक बानेश्वरस्थित अर्याल होटलमा शुरू भएको हो । भेलालाई शुरूमै वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका छन् ।

भेलामा नेपाल पक्षका धेरैजसो केन्द्रीय सदस्यहरूको उपस्थिति छ ।

एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन् ।

‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित पेरिसडाँडाबाट छुटेको माधव नेपाल पक्षले अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन केन्द्रीय सदस्यहरूको भेला डाकेको हो ।

Comments

One response to “माधव नेपाल पक्षको बेग्लै बैठक बानेश्वरमा जारी”

  1. Nagendra Avatar
    Nagendra

    बोलाउ बोलाउ, भेला होउ, जे सुकै गर तर फोहोरको डंगुरमा डुबेर आएका छौ, पुरै फोहोर पखालेर आऊ, बाहिर मात्र हैन भित्र भित्रको पनि दुषित, बिषालु फोहोर पखालेर आऊ, सामुहिक स्नान गर !!!
    = आफ्नु क्ष्यमता, योग्यता र खुबी अनि ज्ञानको सिमा, सोचाइको सिमा, बुझाइको सिमा, सामर्थ्यको पहिचान, कुरा हैन काममा सक्ष्यमता कत्ति रहेछ भन्ने आफ्नु मुल्यांकन गर र सोहि अनुसारको ब्येवाहार सिकेर फर्क !!
    = तिमीले गरेका, जहाँ जहाँ हुदा गरेको भएनी एक एक बोलि र ब्येवहारहरुको हिसाब किताब र मुल्यांकन हुन्छ, अब फेरी मात्तिने, सुर्किने, बुल्किने, उत्ताउलिने, अर्काको बुइ चढेर बुरुक्क उफ्रिने ( घर खनेर बन पुर्ने) जस्तो प्रबृत्ति त्यागेर, बिधि त पद्दतिको कुरा गर्ने तर आफुले भने जस्तो हुनुपर्छ भन्ने बेइमान, दुस्ट र अनैतिक अनि अराजक सबै बिगतका तिम्रा अभिन्न गुणहरु त्यागेर देश-जनता प्रति इमान्दार, नेतृत्व प्रति इमान्दार र अनुसाशित भएर कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर !!
    = तिकडम, जालझेल, कुण्ठा, गुनाषा र कोठे चोचोमोचो हैन खुल्ला आकास मुनि एउटै बोल आफ्ना कुरा, काममा झमेला गर्ने नि हैन !!!
    = सम्पूर्ण रुपमा ‘जबज’ बोकेर हिड्न सक्ने ठुलो मन भएको इमान्दार सिपाही भएर आऊ सेर भएर हैन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *