काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग सरकार टिकाउनेबारे केपी ओलीले अहिलेसम्म कुरै नगरेको बताएका छन् । सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि अहिलेसम्म ओली र नेपालबीच भेट भएको छैन ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘सरकार टिकाउने कि नटिकाउने भन्नेबारे अहिलेसम्म कसैले छलफल गरेको छैन । आएपछि कुरा गरौंला ।’
अर्का वरिष्ठ नेता झलनाथ खनालले भने ओली नेतृत्वकै सरकार टिकाउने प्रयास आफूहरुको हुने बताएका छन् ।

Leave a Reply