बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१ विशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।
बुधबार बिहान पक्राउ परेकाहरूमा वडा नम्बर १ पिपल चौताराका २७ वर्षीय प्रेमकुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका-१० का २४ वर्षीय कृष्णा चौधरी छन् ।
गस्ती टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पेस्तोलसहित फेला पारेको बाँके प्रहरीले बताएको छ ।

Leave a Reply