देउवापछि बाबुराम भेट्न टोखा पुगे प्रचण्ड

काठमाडौं। भावी सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई प्राथमिकतामा राख्ने निर्णय पार्टीबाट गराएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

नेकपा (माअ‍ेवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिए लगत्तै बुढानिलकण्ढमा गएर प्रचण्डले कांग्रसेसभापति शेरबहादुर देउवालाई भेटेका थिए। २० मिनेट देउवासँग भेटवार्ता गरे लगत्तै प्रचण्ड जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन्।

प्रचण्डनिकट स्रोतले उनी भर्खरै बाबुराम निवास टोखा पुगेको जानकारी दियो। बुढानिलकण्ठमा देउवासँग भएको कुराकानीको विषय भने सार्वजनिक भएको छैन।

प्रचण्ड नेकपा (एमाले) बाहेकको सरकार बनाउने कसरतमा जुटेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *