असारपछि पूर्व र बहालवाला यी १४ सांसदको निधन

काठमाडौं। पुन:स्थापित संसदको पहिलो दिनको बैठकमा पूर्व र बलालवाला गरी पूर्वसांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ ।
गत १७ असारमा प्रतिनिधिसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो।

संघीय संसद सचिवालयका अनुसार त्यसयता पूर्व र बहालवाला गरी १४ सांसदको निधन भएको छ। उनीहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची संसद सचिवालयले राखेको छ।

यस अवधिमा सानु शिवा, विरबहादुर लामा, सूर्यवहादुर के.सी, सदस्य भिमप्रसाद गौतम, दीपकबहादुर गुरुङ, कमानसि. लामा, ओमकारप्रसाद गौचन, गंगादत्त जोशी, इन्द्रहाग लिम्बु, एकनाथ रानाभाट, डा. राममान श्रेष्ठ, कुवेरप्रसाद शर्मा, मानपुर चौधरी र डा. शंकरप्रसाद उप्रेतीको निधन भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *