ओलीपक्षीय संसदीय दलको बैठक : ११५ सांसद उपस्थित भएको दाबी

काठमाडौं । ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दाबी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे। प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको थियो।

भट्टराईका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रिय सभाका सदस्यले बैठकमा उपस्थिति जनाएका हुन् । प्रधानमन्त्री ओलीले पनि सम्बाेधनका क्रममा यसको जानकारी गराएको उनले बताए ।

‘प्रधानमन्त्रीले सम्बाेधन गर्ने क्रममा आज ११५ भयो, अब २०/३० हुँदै यो संख्या बढेर जान्छ भन्नुभयो । उत्साहजनक किसिमले अगाडि बढ्न निर्देशन दिनुभयो’ उनले भने ।

भट्टराईले संसदीय दलको बैठकबाट पार्टीमा उत्साह छाएको दाबी गरे । आफूहरु विभाजनको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका थिए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *