शंकर पोखरेलका नजरमा ओलीले गरेका दूरगामी महत्वका १९ काम

काठमाठौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दूरगामी महत्वका काम गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसवुकमार्फत पोखरेलले ओलीले गरेका विभिन्न १९ कामको सूची सार्वजनिक गरेका छन्। त्यही हुँदाहुँदै पनि ओली यतिबेला चौतर्फी घेराबन्दीमा परेको उनको भनाइ छ।

‘तर पनि यतिवेला उहाँ चौतर्फी घेराबन्दीमा हुनुहुन्छ’ पोखरेलले लेखेका छन्, ‘पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदैछ । सबै पक्ष गम्भीर र जिम्मेवार बनौं।’

यी हुन् पोखरेलका नजरमा प्रम ओलीका असाधारण र दूरगामी महत्वका १९ काम :

–विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण,
–जातीय क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
–भारतीय नाकाबन्दीको सामना र सफलता,
–चीननसँगको ऐतिहासिक पारवाहन सम्झौताबाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण,
–नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकप्रियतामा वृद्धि,
–सफल चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
–भारत र चीनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास,
–अन्तर्राष्ट्रियस्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
–सन् १९५० को असमान सन्धिको पुनरावलोकनमा सैद्धान्तिक सहमति,
–पूर्वधार विकासमा तीव्रता,
–रणनीतिक विकास आयोजनाहरु (रेलमार्ग, जलमार्ग, हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदि) को थालनी,
–सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
–विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
–छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्वीकारोक्तिको निर्माण,
–तराई मधेशको विकासमा तीव्रता,
–प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
–सडक मानवरहित अभियानको नेतृत्व,
–स्वास्थ्य पूर्वाधार विकासमा क्रान्ति,
–कोभिड १९ महामारीको सफलतापूर्वक सामना।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *