काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई बधाई दिएकी छन् ।
राष्ट्रपति भण्डारीले तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा खातुनलाई बधाई दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिइन् ।


Leave a Reply