प्रचण्ड भन्छन्- हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ

काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।

दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

संसदले यथासम्भव छिटो नयाँ प्रधानमन्त्री दिने र सहमतिका साथ नेपालले नयाँ प्रधानमन्त्री पाउने समेत दाहालले बताए ।

Comments

2 responses to “प्रचण्ड भन्छन्- हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ”

  1. Hira Lal Dhami Avatar
    Hira Lal Dhami

    यो लडाईँ पनि महान जनयुद्ध कै अभिन्न अंग मान्नुपर्छ
    बल्ल पो नयाँ जनवाद आउँछ

  2. Sanjay rose Avatar
    Sanjay rose

    चीन भारत 2 टै भनेको तर मिडियाहरुमा भारत मात्रै आयो ,,, यसको के कारण हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *