विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेका नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थीसँग उच्च अदालत पाटनले ३६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुँडालको एकल इजलासले बिहीवार नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलसहित ६ जनासँग ३६ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

उनीहरूसँग उपचार खर्चबापत एक-एक लाख रुपैयाँ समेत लिन आदेश दिइएको छ । नेविसंघ अध्यक्ष आचार्यले भने उप-प्राध्यापक चलाउनेले १० दिन मेडिसिटी अस्पतालमा उपचार गर्दाको खर्च त्रिविले व्यहोरिसकेको र उनी झडपमा सामान्य घाइते मात्र भएको दाबी गरेका छन् ।

आचार्यले नेपाल प्रेससँग भने, ‘विद्यार्थी संगठनले लगाएको ताला खोल्न उहाँ आफैं आएपछि सामान्य झडप भएको विषयलाई राजनीतिक आपराधीकरण गरियो । मेडिसिटीमा उपचार गरेको खर्च त्रिविले तिरेको छ । विद्यार्थीसँग ३६ लाख धरौटी मागिएको छ, हामीले कहाँबाट तिर्ने ?’

धरौटी रकम नबुझाए जायजेथाबाट असुल गर्ने आदेश दिइएको छ । उप-प्राध्यापक चलाउनेमाथि २०७७ असोजमा आक्रमण भएको थियाो ।

उनले आचार्य र रावलसहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले सामान्य धरौटीमा उनीहरूलाई छाडेको थियो ।

Comments

One response to “विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग !”

  1. राजेन्द्र Avatar
    राजेन्द्र

    सहि निर्णय गरेछ अदालत ले राजनिती को नाम मा आफ्नै गुरु माथी आक्रमण गर्ने पसु हरु लाई यो सजाय पनि कम भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *