अवैध रुपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित बेलायती नागरिक पक्राउ

काठमाडौं । लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलर सहित राहदानी नम्बर ५५३४०८८७५ वाहक बेलायती नागरिक ५१ वर्षीय नील विलियम ग्रीनवुडलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा  पक्राउ गरेको हो ।

उनकाे साथबाट ह्‍याण्ड ब्यागभित्र लुकाई राखेको १ सय दरका २ सय ६३ थान तथा १ दरको १० थानमा रहेको उक्त अमेरिकी डलर र ७ हजार ९ सय ७० नेपाली रुपैयाँ फेला पारी उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले पक्राउ  गरेकाे प्रहरी जानकारी दिएकाे छ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *