काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलाएर आफूमाथि षड्यन्त्र गर्न खोजेको बताएका छन् ।
नेपाल प्रेस सँग कुरा गर्दै उनले भने, ‘मैले राजीनामा दिएको छैन । राजीनामा गर्नुपर्ने परिस्थिति नि छैन । कुनचाहिं षड्यन्त्रकारीले कुनामा बसेर हल्ला चलाए ।’
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलाको सँघारमा महान्यायाधिवक्ता खरेलले राजीनामा गरेको भनेर भ्रामक प्रचार गरेका थिए ।

Leave a Reply