ओली समूहको जनसभा अघि सुर्खेतमा बृहत मोटरसाइकल र्‍याली गरिने

सुर्खेत। विभाजित नेकपाको ओली समूहले कर्णालीको राजधानी सुर्खेतमा फागुन १४ गते आह्वान गरेको जनसभाको अघिल्लो दिन बृहत् मोटरसाइकल र्‍याली निकाल्ने भएको छ ।

नेकपा सुर्खेतले वीरेन्द्रनगरमा १४ फागुनको दिउँसो १२ बजे देखि सामाजिक विकास मन्त्रालय पछिको खुला मैदानमा जनसभा गर्न लागेको छ । अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाहीका अनुसार विद्यार्थी तथा युवाहरुको सहभागितामा फागुन १३ गते मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।

‘२ हजार भन्दाबढी मोटरसाइकलसहितको र्‍याली हामीले आयोजना गरेका छौं ।’ नेपालप्रेससँग आइतबार कुरा गर्दै संयोजक शाहीले भने, ‘कर्णालीको इतिहासमा सबैभन्दा ठूलो मोटरसाइकल र्‍याली हुनेछ ।’

उनले जनसभाका लागि तीव्र रुपमा प्रचार प्रसार अभियान सुरु भइरहेको जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्री ओली आउँदै हुनुहुन्छ । उहाँको सहभागितामा सम्पन्न हुने जनसभामा हजारोैं कार्यकर्ता जम्मा हुनेछन् ।’ उनले थपे, ‘त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’ उनले प्रचार अभियानसँगै संगठन विस्तारको कामलाई पनि तीव्रता दिइरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *