शेरबहादुर तामाङ र उषाकला राई ओली पक्षमा, भन्छन्– प्रचण्डलाई नेता मान्न सकिएन

काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह परित्याग गरेका छन् ।

शेरबहादुर र उषाकला दम्पती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् । तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव पक्षमा लागेका थिए ।

नेपाल प्रेससँग कुराकानी गर्दे सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद समेत रहेका तामाङले भने–प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिंड्न सकिएन, त्यसैले हामी अब संस्थापन नेकपामा नै छौं।’

आजै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले अ‍ोली पक्षमा लागेको घोषणा गर्ने बताइएको छ ।

Comments

2 responses to “शेरबहादुर तामाङ र उषाकला राई ओली पक्षमा, भन्छन्– प्रचण्डलाई नेता मान्न सकिएन”

  1. सुरेन्द्र पौडेल Avatar
    सुरेन्द्र पौडेल

    हो नि अनि । ढिला ।

  2. Suraj Avatar
    Suraj

    kp le kanun mantri huda bivinna bahana banayara beijet gaRera nikaleko birsish
    herahera votteko buddi vanthyo hoki keho

Leave a Reply

Your email address will not be published. Required fields are marked *