देउवाले भने- सडकमा जुलुस लगेर अदालतलाई दबाब दिने होइन

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विचाराधीन मुद्दामा सडकबाट अदालतलाई यो गर, त्यो गर भनेर दबाब दिन नहुने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘सडकमा जुलुस गरेर अदालतलाई दबाब दिने हो भने अदालत किन चाहियो ?’ देउवाले संसद विघटनविरुद्धको मुद्दामा अदालतको फैसलालाई कांग्रेसले स्वीकार्ने बताए ।

‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई ध्रुवीकरण गरेका छन् । देशै पक्ष-विपक्षमा बाँडिएको छ,’ सभापति देउवाले भने, ‘हामीले यो बेला ओली या प्रचण्ड-माधव कसैको पक्ष लिनु हुँदैन ।’

अदालतको फैसलापछि संसद पुन:र्स्थापना भएपनि र चुनावमा गएपनि नेपाली कांग्रेस स्विकार्न तयार रहेको उनले बताए । ‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अदालतले जे भन्छ त्यही स्विकार्ने हो,’ देउवाले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *