लक्ष्मी बैंकले शुरु गर्‍यो ‘स्मार्टफोन लोन’ सेवा

काठमाडौं । लक्ष्मी बैंकले ‘एफ्वान सफ्ट’सँगको सहकार्यमा ‘स्मार्ट फोनलोन’ सेवा शुरु छ । स्मार्टफोन ऋण कर्जा सम्वन्धि सुविधा हो ।

यस योजना अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एप बाटै अधिकतम दुई लाखसम्मको कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्ने कम्पनीले जनाएको छ ।
हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको लक्ष्मी बैंकले जनाएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो।

यो कर्जा पुरै डिजिटल मैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन विना नै लिन सकिन्छ र यो पूर्व स्वीकृत हुने हुँदा कुनै धितो विना प्रदान गरिनेछ।

सो कर्जा अधिकतम ३० दिन अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था गरेको बैंकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *