गाउँपालिका अध्यक्षले विद्यालयमा लगाएको ताला नखुल्दा विद्यार्थीले सरस्वती पूजा गर्न पाएनन्

सुर्खेत । आज सरस्स्वती पूजाको दिन । कर्णालीका हरेक विद्यालयमा विद्याकी देवी सरस्वतीको पूजा भइरहेको छ तर कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ को गणेश आधारभूत विद्यालयका विद्यार्थीहरु यो वर्ष सरस्वतीको पूजा गर्न बञ्चित भएका छन् ।

‘हामी हरेक वर्ष विद्यालयमा सरस्वती माताको पूजा गथ्र्यौं,’ कक्षा सातमा पढने एक विद्यार्थीले नेपालप्रेससँग भने, ‘तर यो वर्ष हामीले पूजा गर्न पाएनौं ।’

याे पनि पढ्नुस्
गाउँपालिका अध्यक्षले नै लगाए विद्यालयमा ताला

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मनप्रसाद न्यौपानेले विद्यालय बन्द भएको र मन्दिर बाहिर बनाउन मिल्ने भए पनि पूजा सामाग्री बन्द कोठामा भएका कारण सरस्वतीको पूजा गर्न नसकिएको बताए ।

‘हामीले हरेक वर्ष विद्यालयमा सरस्वती माताको पूजा गर्दै आइरहेका थियौं । यो वर्ष गाउँपालिका अध्यक्षले नै कक्षाकोठामा ताला लगाइदिएपछि पूजादेखि परीक्षासम्म विथोलियो । शक्तिको अगाडि तीन सय भन्दा बढी विद्यार्थीको भविश्यमाथि कुठाराघात भएको छ,’ उनले थपे, ‘रोकिएको परीक्षा अध्यक्ष बमले ताला खोले कक्षा कोठामा नभए चौरमै लिनेछौं ।’ आइतबारदेखि विद्यालयमा त्रैमासिक परीक्षा सुरु हुँदैछ ।

 

Comments

One response to “गाउँपालिका अध्यक्षले विद्यालयमा लगाएको ताला नखुल्दा विद्यार्थीले सरस्वती पूजा गर्न पाएनन्”

  1. केसब पसाद प्याकुरेल Avatar
    केसब पसाद प्याकुरेल

    यो समाचसर का अनुसार गयर जिम्मेवारि काम हो यो लोकतन्तर होइन ताला ठोक तन्तर कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *