कम्युनिष्ट र महिलावादीले बुझ्नैपर्ने वैदिक साम्यवाद

कसैले सामाजिक सञ्जालको म्यासेज बक्समा पठाएको एक कम्युनिष्ट नेताको अन्तर्वार्ता हेरेपछि आफूभित्र उठेका केही प्रश्नबाट कुरा शुरू गर्छु । अन्तर्वार्तामा उनले भनेका रहेछन्– मार्क्सले उहिल्यै भनेका तीन शक्तिले संसार चलेको छ र ब्ल्याक होलको कुरा अहिले विज्ञानले प्रमाणित गर्दैछ ।

सुनेर हाँसो पनि उठ्यो । मार्क्स र लेनिनको रटान लगाउने नेताजी हाम्रै हिमवत्खण्डमा विकसित वैदिक ग्रन्थमा हजारौं हजार वर्ष पहिले नै यसको खोज गरिराखिएको कुरा थाहा नभएरै हो, २०० वर्ष पनि नपुगेको नक्कली सूचनाको सहारा लिनु परेको ?

प्रोट्रोन, इलेक्ट्रोन र न्युट्रोनको कुरा हजारौं वर्षअघि वैदिक ग्रन्थमा उल्लेख छ । भनिएको छ– यो ब्रह्माण्ड मात्र तीन शक्ति सत्व, रज र तमका कारण चल्छ । यी तीन सूक्ष्म शक्तिकै कारण सिंगो ब्रह्माण्ड चलेको छ भन्ने कुरा वैदिककालमै निकालेको खोज हो ।

ॐ शाश्वतसँग जोडिएको ध्वनि हो । जसको आधारमा अहिले ब्ल्याक होलमा जाने बाटो आधुनिक विज्ञानले पनि पत्ता लगाएको कुरा मैले होइन नासाले भनेको छ । त्यसैले पनि ॐ भन्दा हामीलाई आनन्द आउँछ भनिएको छ । साथै संस्कृतमा नै खगोल विज्ञान र जीव विज्ञान सम्बन्धी सबै ज्ञान भएको र कम्प्युटरले अक्षर पढ्न सक्ने अल्गोरिदम सबैभन्दा धेरै संस्कृत भाषामा भएको भन्दै नासामा २५ जना संस्कृतका गुरु राखेर पढाइँदैछ भनेर सार्वजनिक गरेको समाचार त हेर्नुभएकै होला ।

आधुनिक विज्ञानमा पुग्ने बाटो वैदिक खोज थियो भन्ने कुरा शून्य इलेक्ट्रोन, न्युट्रोन र प्रोट्रोन मात्र हैन यस ब्रह्माण्डको उत्पत्ति र यिनीहरू कसरी रहेका छन् भनेर ग्रहको अवस्थाबारे पनि उहिल्यै ऋषिहरूले खोजेका थिए । जसलाई अंग्रेजीमा एस्टोलोजी भनियो । यति मात्र हैन, वैदिक संस्कृति नै हो जसले पूर्णको आविष्कार गर्यो । यही पूर्णलाई बुद्धले शून्य भने । ब्रह्माण्डको यही शून्यलाई वेदले पूर्ण भनेको हो ।

वेदमा भनिएको ॐ पूर्णमदः पूर्णमिदं, पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते (बृहदारण्यकोपनिषद्) । अर्थात् ॐ एक पूर्ण सत्य हो जसमा पूर्णबाट पूर्ण थपे पनि या पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । यसरी हजारौं हजार साल पहिला ऋषिहरूले विकास गरेको शून्यबाटै अरू अङ्क बनाइएको थियो । जसलाई आधार बनाएर संख्याको विकास गरियो ।

यो कुराको प्रमाणित गर्दै गर्दा अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि त्यसरी नै बन्यो ।

जस्तै, आकाश कत्रो छ ? त्यसमा कति आकाश मिलाउन वा छुट्याउन सकिन्छ ? आकाशबाट कति घटाउने वा कति जोड्ने ? जति घटाए पनि वा जोडे पनि त्यो पूर्ण नै रहन्छ ।

०००

मार्क्सले भनेका छन् भन्दै हामी आज समान ज्याला माग गर्दैछौं । ज्यालाको के कुरा मुद्रा पनि बनिनसकेको समाज विकासको शुरू शुरूको बेलामा पनि ज्याला मात्र हैन यस संस्कृतिमा हरेक सीपको समान विकास र सम्मान हुने व्यवस्था थियो । टाढा नजाऔं यही काठमाडौं उपत्यकामा देखिने साम्यवाद हेरौं ।

पढेको नपढेको सबैको सीप समाजले प्रयोग गरोस् भनेर कसैले कसैको काममा हस्तक्षेप गर्न नपाइने बनाइएको थियो । या भनौं सार्कीले जुत्ता सिलाएर गुजारा गरिरहेको काम अर्को कामको मान्छेले गर्न पाइन्नथ्यो । या भनौं जुत्ता सिलाउन पारङ्गत सार्कीको रोजीरोटी धनीले ठूलो लगानी गरेर उसको रोजगारी खोस्न नपाओस् भन्ने कुरा ध्यानमा राखिन्थ्यो । जसले गर्दा नाईको काम अरूले गर्न पाउँथेन, माझीको माछा मार्ने काम, फलामको हतियार बनाउने सीप र आर्जन उसैमा र नङ काट्नेको पेशा अरूले गर्न पाउने थिएन भने वेद पढ्ने र अरूलाई सिकाउने काम पनि निश्चित थियो ।

आजको श्रम विभाजन र व्यवस्थापनमा यी कुरा अमिल्दा होलान्, परिमार्जन गर्नुपर्ला, कामको प्रकृतिले आज पेशाकै आधारमा उँच–नीच भन्न थालियो होला । यो वैदिककालीन संस्कृतिको उपज होइन, समाज विकासका क्रममा बन्दै आएको नयाँ परिभाषाले यिनीहरूलाई उँच–नीच बनाएका हुन् ।

अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि त्यसरी नै बन्यो ।

यसले गर्दा सार्की जुत्ता बनाउनमा, पण्डित पढ्नमा, हतियार बनाउने नकर्मी हतियार बनाउन निपुण हुन्थ्यो । सिकर्मी, डकर्मी, अर्को–अर्को सबै आ–आफ्नो काममा निपुण हुन्थे । ती सबैलाई आफ्नै काममा लाग्न उत्प्रेरित मात्र हैन आजीवन त्यसको सुरक्षा पनि गरिएको हुन्थ्यो ।

यसैले समाजमा हरेक मान्छे आफ्नो सीप साटेर बाँच्दथ्यो । यसरी सीप बाँडफाँड गरेर समानताका आधारमा एउटा समाज चल्दथ्यो । यस्तो साम्यवाद ल देखाउनुस् त संसारभर ? त्यो पनि आज हो र ? समाज विकास भएदेखि चलेको संस्कृति हो, यो । पैसाको विकास नभएको, बजार बस्ने अभ्यास नभएको बेलामा समाजको एक गेडो चामल नखुट्टिने रोजगारी सबैभन्दा राम्रो थिएन ?

साम्यवादको एउटा उदाहरण हेरौं, झण्डै २५०० वर्ष अघिदेखि नै वैदिक दर्शनदेखि हिन्दू, बुद्धिज्मलगायतका सबै विषय पढाइ हुने तक्षशिला, विक्रमशिला र नालन्दा विश्वविद्यालय । जहाँ सबै भाषामा; जुन देशको, जुन जातको आए पनि निःशुल्क पढाएर पठाइन्थ्यो । जहाँ हजारौं गुरु र दशौं हजार विद्यार्थी अध्ययन गर्दथे भनेर उल्लेख भएको पाइन्छ ।

ज्ञान दिने मात्र हैन यसरी पढ्न आउनेलाई चाहिने जति शास्त्र घोडा र गधामा बोकाएर पठाइन्थ्यो रे ! यसरी गधामा बोकाएर लगेको भएर गधाले शास्त्र ल्याउन सहयोग गरेको भन्दै चीनमा गधाको मूर्ति बनाएर राखेका छन् । जुन आज पनि चीनमा अवस्थित छ ।

आज धनीले जग्गा ओगट्दै प्लटिङ गरेर बेच्छ, सुकुम्बासी सधैं अर्काको शरणमा । तर वैदिक शास्त्रले जग्गाको मात्र हैन सम्पूर्ण पृथ्वी सबैको बराबरीको हिस्सा हो भनेको छ । ‘जग्गा मान्छे मान्छेमा भाग नलगाऊँ उत्पादन भएका सामान बाँडेर खाऊँ’ भनेको छ ।

‘अयं निजः परो वेति गणना लघु चेतसाम् उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् यो मेरो यो तेरो भन्ने भावना सानो चित्त भएकाहरूको हो । उदार चरित्र भएका आत्माहरूका लागि त समग्र भूमण्डल ब्रह्माण्ड एउटै विशाल र सभ्य सुसंस्कृत सौम्य परिवार हो । सिङ्गो पृथ्वीमा कसैको निजी हक हुँदैन । उत्पादित सामान बाँडेर खाऊँ तर पृथ्वी नबाँड भनेको छ । यस्तो साम्यवाद माक्र्सको साम्यवादमा पर्न सक्छ ?

हुँदाहुँदा आज जंगल पनि बाँडफाँड छ । मान्छे मात्र हैन यस संस्कृतिमा एउटा रूख काटे कति रूख रोप्नुपर्ने, जनावर मारे कति धेरै दण्ड हुने व्यवस्थासम्म पनि थियो उसबेला (शिव पुराण, उमा संहिता, अध्याय ११ र १२) ।

०००

आज तपाईंहरूको वादले महिला पुरुष एकै हुन् भन्ने नारा लगाउन लगायो । तर यस संस्कृतिमा आमा अर्थात् स्त्रैणलाई बराबर हैन प्रमुख गुण मानिएको छ । अद्भुत शक्ति भएको हुनाले पृथ्वीलाई नै स्त्री वा जननीको रूपमा हेरिन्छ । भनिएको छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । अर्थात् आमाको काख या आफू जन्मिएको ठाउँ नै स्वर्ग हुन्छ भनिएको छ ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यसै संस्कृतिले दिएको मन्त्र हो । अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यी दर्शन मात्र होइनन्, त्यसबेलाका सामाजिक व्यवहार पनि हुन् ।

आजको आधुनिक समाजमा जहाँबाट समानताका कुरा आए, त्यहाँका धार्मिक दर्शनमा संसारलाई समान रूपले हेर्ने सामथ्र्यको त कुरै छोडौं, तिनले महिला पुरुषलाई पनि समान रूपमा हेर्न सक्दैनन् । त्यहाँ पुरुषको शरीरको एउटा करङ हो नारी भनिएको छ । बाइबलमा पुरुष बनाएर उसको करङ निकाली नारी बनाइएको कथा छ (बाइबल, उत्पत्ति २ को २२ र २३) । त्यति मात्र हैन बाइबलमा महिलाले दाँत देखाएर हास्न हुन्न, टाउको खुला राखेर देखाउनु हुन्न भनेर किटेरै लेखिएको छ (पुरानो करार, कोरिन्थी ११ को ५ र १४ पद) ।

कुरान त बाइबलकै अर्को रूप जस्तो हो, त्यहाँका कथा नै बाइबलबाट ल्याइएका छन् । कुरानमा त मोहम्मदले नै नौ जना स्वास्नी भित्र्याएका थिए । चार जना श्रीमती एक जना पुरुषले राख्न पाउँछ भनेर किटान नै गरिएको छ ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यसै संस्कृतिले दिएको मन्त्र हो । अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यी दर्शन मात्र होइनन्, त्यसबेलाका सामाजिक व्यवहार पनि हुन् ।

हिमवत्खण्ड संस्कृतिमा महिला भनेर छुट्याइएको पनि पाइन्न । बरु अर्धनारीश्वरको अर्थात् भगवानको सिङ्गो रूप नै आधा पुरुष र आधा महिला हो भनिएको छ (शिव पुराण, अध्याय १६) । वेदमा त अझै प्राणीलाई जीव मात्र भनिएको छ । महिला पुरुष भनेर छुट्याइएको पनि छैन ।

यी भए महिला पुरुषका कुरा । अब विश्वमा विकसित संस्कृतिका धार्मिक चेत हेरौं । हिमवत्खण्डको पनि मुख्य भागमा रहेको नेपालमा मात्र अहिले २२४ जातजातिमा झण्डै १० वटा धर्म विकसित छन् । तर यहाँ कहिल्यै पनि धार्मिक सहिष्णुता नाघिएको पाइन्न । धार्मिक ग्रन्थहरूले पनि कहिल्यै हिंसामा अभिप्रेरित गर्दैनन् ।

ऋग्वेदमा भनिएको नै छ कि तिमीहरू सबै आपसमा मिलेर बस । तिमीहरूको मन, वचन र कर्म एकै होस् र तिमीहरूको बीचमा समानता र एकता कायम रहोस् (ऋग्वेदको दशम् मण्डल सुक्त १९१ मन्त्र २, ३ र४) ।

तर बाइबलले त हिंसाको लागि उक्साएको जताततै भेटिन्छ । एक ठाउँमा भनिएको छ– उनीहरूका देवीका मन्दिर भत्काइदिनू, उनीहरूका चोखा ढुङ्गा टुक्राटुक्रा पारिदिनू । उनीहरूका देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू, तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू (नयाँ करार, प्रस्थानको ३४ अध्याय पद १३ र १४) ।

०००

बाइबल पढ्दै जाँदा पटक–पटक वेदमा भनिएका कुरा अघि सार्न मन लाग्छ । वैदिक परम्पराले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत् अर्थात् आफू मात्र हैन सबैको कल्याण होस् । यस्तो भन्ने संस्कृतिबाट हुर्किएका हामीलाई यस्ता कुरा इतिहासका हुन् भनेर पढ्न पनि असहज महसूस हुन्छ ।

अर्को जातिकालाई मात्र हैन प्रथम, दोस्रो विश्वयुद्ध जस्ता नरसंहारदेखि एउटै धार्मिक संस्थामा भएका भनिएकाहरू रोमन क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच तीस वर्ष युद्ध नै गरेर उनीहरूले एकअर्कालाई मारे । अनेक देवता मान्ने हिन्दू, शैवहरूले अहिलेसम्म त्यति मान्छे मारेनन् होला जति एउटा देवता मान्ने इसाइयतमा रहेकाहरूले एक दिनमा मारे । हिरोसिमा र नागासाकी जस्ता शहरहरूमा बम नै खसालेर लाखौं लाख मान्छे मारेको ७५ वर्ष मात्र पुग्दैछ । नाजीको नेता बनेर ६० लाख यहुदी मार्ने हिटलर पनि यही बाइबलका अध्येता नै थिए ।

व्यवस्थाको पुस्तक हेर्नुहोला, त्यहाँ भनिएको छ– हिब्बी, युनानी, परेजी, यमोरी, कनानी, गिर्गासी जस्ता जातिलाई भेट्ने साथ जलाउनू, मार्नू, तिनका छोरीसँग विवाह पनि नगर्नू (व्यवस्थाको पुस्तक, अध्याय ६ १–१६ पद सम्मै हेर्न सक्नुहुन्छ) । किनकि उनीहरू फरक आस्था राख्दथे ।

श्रीमद्भागवत महापुराणमा अनावश्यक धन संग्रह गर्न निषेध गरिएको छ । साथै आफूजस्तै प्रकृतिमा भएका अन्य प्राणीलाई आफ्नै सन्तान जसरी माया गर भनिएको छ । जात, रङ्ग मात्र हैन लैङ्गिक विभेद चरम सीमामा थियो पश्चिममा, त्यो पनि हिजो–अस्ति १८औं शताब्दीसम्म ।

त्यसैले उनीहरूले समाजवाद, साम्यवाद जस्तो नामका वाद जन्माए, हामीले १० हजार वर्षभन्दा अघिदेखि रगतमा लिएर आएको साम्यवादमा अरूबाट आएको साम्यवाद थोपर्न जरूरी छैन । खासमा हाम्रो सभ्यता नै मानव सभ्यताको सबैभन्दा सहज पहिलो र अन्तिम सभ्यता हो ।

यस हिमवत्खण्ड संस्कृतिमा दुई धर्म मान्ने कहिल्यै लडेनन् । बरु ब्रह्मचर्य रहने, हिंसा नगर्ने, मूर्ति पूजा नगर्ने जस्तो आध्यात्मिक दर्शन बोकेर आएको बुद्ध दर्शन पनि शैव दर्शनसँग मिसिएर शैवबुद्ध बन्यो । तर लडाइँ गरेनन् । किनभने हाम्रो संस्कृतिले अरूलाई दुःख दिएर होइन खुशी पारेर परमानन्द प्राप्त गर्न सकिन्छ भनेको छ ।

यस वैदिक संस्कृतिमा म मात्र हुँ भन्ने अहम् भावना त शक्तिमा भएकाहरूमा पनि भेटिंदैन । हाम्रो एउटै घरमा शिवको पनि पूजा हुन्छ, विष्णु, लक्ष्मी, राम, दुर्गा, कृष्ण अनि बुद्धको पनि । त्यति मात्र हो र ? संस्कृति मिसावट भयो भन्ने आफ्नो ठाउँमा होला तर हाम्रा सभ्यतामा भिक्षुहरूले वैदिक संस्कृतिको डोरो बाँधेको देख्न सक्नुहुन्छ । पण्डित, पुजारीहरू स्वयम्भूमा बत्ती बाल्न पुग्छन् । अझ मुक्तिनाथ मन्दिरमा त भिक्षु र पुजारीलाई एकै ठाउँ देख्न सक्नुहुन्छ ।

यसबारेमा मैले केही समयअघि (२०७६ श्रावण, ४ शनिबार, नयाँ पत्रिका ‘झन् नयाँ’मा) मुक्तिनाथमा साम्यवाद शीर्षकमा लामो आलेख लेखेकी छु । योभन्दा अर्को साम्यवाद अर्को के हुन्छ ?

हामी मात्र हैन हाम्रा देवताहरूमा पनि सहअस्तित्वको भावना थियो । हुँदाहुँदा कुनै बेला झगडियाका रूपमा रहेका शैव र वैष्णव सम्प्रदाय अहिले एउटै शिवको प्रतिस्थापनलाई विष्णु र बुद्धको अवतारको रूपमा पुज्छन् । अहिलेका समाजका मान्छे मात्र हैन, हामीले भगवानका रूपमा पुजेकाहरू पनि एकले अर्कालाई सम्मान गरेर समाजमा रहेका थिए ।

हिमवत्खण्ड संस्कृतिमा महिला भनेर छुट्याइएको पनि पाइन्न । बरु अर्धनारीश्वरको अर्थात् भगवानको सिङ्गो रूप नै आधा पुरुष र आधा महिला हो भनिएको छ (शिव पुराण, अध्याय १६) । वेदमा त अझै प्राणीलाई जीव मात्र भनिएको छ । महिला पुरुष भनेर छुट्याइएको पनि छैन ।

शिव पछिका सबैले शिवको उपासना गर्दथे । महाभारतमा पटक–पटक श्रीकृष्णले शिवको उपासना गरेका छन् र अरूलाई पनि उपासना गर्ने सल्लाह दिएका छन् (महाभारत, प्रतिज्ञा पर्व, अनुशासन पर्व) । त्यसैगरी रामायणमा हेर्नुभयो भने राम र रावण दुवै शिवका उपासक भएको कुरा पढ्न पाउनुहुनेछ ।

वैदिक परम्परामा मान्छे मात्र हैन सबै प्राणीको साझा घर पृथ्वी भएको भन्दै एकको हैन सबैको सुख होस्, सबैको कल्याण होस् भन्दै ‘ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिब्र्रह्म शान्तिः सर्व शान्तिः’ भनेर सम्पूर्ण ब्रह्माण्डको शान्तिको कामना गरिएको छ (शुक्ल यजुर्वेद, रुद्राष्टाध्यायी, स्वस्ति प्रार्थना मन्त्रोध्याय ११० देखि ११४ श्लोक) ।

सबै हेरेर भन्न मन लाग्छ, शब्दमा साम्यवाद भित्र्याउने माक्र्स जन्मिएको त सन् १८१८ मा हो । तर साम्यवाद यस हिमवत्खण्डमा मानव सभ्यताको विकास सँगसँगै विकसित भएको दर्शन हो । तर हाम्रा नेता हाम्रो सभ्यतामा लाखौं वर्ष अघिदेखि अभ्यासमा रहेको साम्यवादको दर्शन किन पढ्दैनन् र माक्र्सको नाम रटाउँछन् हामीलाई ?

हाम्रै दर्शनबाट सिकेर दर्शन, ज्ञान मात्र हैन हामीबाटै सामान लिएर हामीलाई नै कसरी विकाइरहेका छन् भन्ने कुराको सूची कहाँबाट शुरू गरौं र कहाँ लगेर अन्त्य गरौं भन्ने लाग्छ ।

एउटा उदाहरण हेरौंः युरोप, अमेरिका यस्ता देश हुन् त्यहाँ कि मरुभूमि कि त नौ महिना हिउँ पर्ने भूभाग छन् । जहाँ सिंगो देशमा एकदमै सीमित बोटबिरुवा पाइन्छन् । त्यसैले उनीहरू औषधि बनाउन यहाँबाट सबैथोक लिएर जान्छन् । अनि ट्याबलेट बनाएर प्रयोग गर्छन् ।

हामीले हाम्रै आँगनमा नीमको रूख हुर्काएका छौं र पनि त्यसको पातको निश्चित प्रतिशत मात्र राखेर पश्चिमाले बनाएर पठाएको निम्स किन्न बजार पुग्छौं । यसले पनि हाम्रो चेतको स्तर तय गरेको छ । यस्तै बिजोग राजनीतिमा पनि छ ।

०००

हामीले अभ्यासमा लिएर आएको वैदिक साम्यवादलाई एकठाउँ थन्क्याएर हामी यी माक्र्सले नाम दिएको साम्यवादको रटान लगाइरहेका छौं । अहिले त पत्रकारहरू नै सडकमा आएर आयातितवादको समर्थन र हाम्रो संस्कृतिको विरोधमा खनिएका छन् । यो पनि आँगनमा तुलसी, नीम रोपेर यहींबाट नीम, तुलसी लगेर बनेका ट्याबलेट किनेर खाए जस्तै हो !

पश्चिमबाट आएका तुच्छ सामानले हाम्रा बहुमूल्य कुरालाई सहजै विस्थापित गरेका धेरै कुरा छन् । पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।

हुँदाहुँदा हामी हिमालमा फ्रिज राख्न थाल्यौं । किनकि उसको विज्ञापनले हाम्रो चेतमा बिर्को लगाइदियो । यस्तै हुन् अहिले चलेका समानता, साम्यवाद र महिला अधिकारका कुरा पनि ।

हामीले सचेत नभएरै महिला अधिकारका कुरा नउठाएका हौैं र ? पश्चिमा संस्कृतिमा सामूहिक चिहान बनाउने गरी हाम्रोमा महिला हिंसा कहिल्यै भएन । बोक्सी भन्ने हाम्रो समाजमा कहिल्यै थिएन । पहिल्यैदेखि महिलाले हाँकेको समाज हो हाम्रो हिमवत्खण्ड । यहाँ त योगी–योगिनी भन्ने दुवै शक्तिलाई बराबरी मान्ने परम्परा विकसित थियो । हिमालमा पाँच पुरुष राखेर बस्नेदेखि छोरी मात्र भएको परिवारका छोरीले छोरो विवाह गरेर ल्याउने संस्कृति आज पनि अवशेषका रूपमा छ । पहिल्यैदेखि पनि शिव–शक्ति, सीता–राम, विष्णु–लक्ष्मी कहीं छुटेको भेट्नुहुन्छ ?

पश्चिमबाट आएका तुच्छ सामानले हाम्रा बहुमूल्य कुरालाई सहजै विस्थापित गरेका धेरै कुरा छन् । पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।

आज एउटा एउटा समुदायमा अन्धविश्वासका कारण बोक्सीको आरोप खप्ने हाम्रो समाजमा अधिकारका कुरा कोरल्न आउने पश्चिमाहरूले दुई खेमाको प्रतिस्पर्धा गर्दै बोक्सी भन्दै चालीस हजार महिलाहरूलाई एउटै चिहान बनाएर जलाएको इतिहास छ । जुन कुरा द गार्जियन पत्रिकाले दुई वर्षअघि मात्र पनि एउटा लामो रिपोर्टमा यो कुरा छापेको छ (ह्वाई युरोप्स वार अफ रिलिजियन पुट फोर्टी थाउजेन विइच टु टेरिवल डेथ, द गार्जियन, ७ जनवरी २०१८) । त्यो बेला पश्चिममा महिला भनेका मान्छे होइन बोक्सी मात्र हुन्छन् भन्थे । त्यसपछि मात्र हामीले बोक्सी भन्ने कुरा सिकेका हौं ।

ढिलै भए पनि पश्चिमाले हाम्रा सभ्यता, भाषा र संस्कृतिबाट धेरै सिकेका छन् । हाम्रोमा संस्कृति, भाषा हराउनै लाग्दा यसबेला पश्चिममा खासगरी युरोपमा वेदको विशेष चर्चा छ । खासमा हिमवत्खण्डमा उत्पत्ति भएको शैव संस्कृति, वेद र उपनिषद् पढ्ने कति धेरै विश्वविद्यालय खुलेका छन् पश्चिममा ।

माक्र्स र लेनिनको फोटो भित्तामा टाँसेर आफ्नै हजुरबाउको नाम पनि भुलिसकेका हामीहरूलाई वैदिक सनातन संस्कृतिको अध्ययन गर्न युरोप जानुपर्ने दिन टाढा छैन । त्यसैले भन्नै पर्छ हजारौं हजार वर्ष पहिले तयार भएर हाम्रो रगत–रगतमा आएको साम्यवादी दर्शनका अगाडि पदमा पुग्नका लागि बनाइएको साम्यवादको नारा फिक्का छन् ।

आविष्कारमा मात्र हैन अध्यात्ममा पनि वैदिक संस्कृतिको अब्बलता संसारभर फैलिएको छ । वेदमा ज्ञान छ, जुन ज्ञानले विज्ञान आफैं बोकेर ल्याएको हुन्छ भनेर क्रिश्चियन स्कूलका पादरी राल्फवाल्डो इमर्सनले भनेका छन् । उनी सत्य बोल्न, सबैसँग प्रेम गर्न, तुच्छतालाई समाप्त गर्न वेदले सिकाउने बताउँछन् ।

राल्फ इमर्सन (१८०३–१८८२) जो हारवर्ड डिमिनिटीमा क्रिश्चियानिटी पढाउने पश्चिमा विद्वान् थिए । जसले बाइबलले दिने संस्कृति अपाच्य भएपछि सबै छोडेर वेद अध्ययनमा मात्र लागेनन् उनले संस्कृत भाषाले बोक्ने संस्कृति नै अपनाएर बसे । उनी भन्नै पनि आफूलाई ‘अहम् ब्रह्मास्मि’ भन्थे । हामी भने हाम्रो वैदिक साम्यवाद चिन्न नसकेर भौंतारिइरहेका छौं ।

त्यसैले आउनुस् आफ्नो माटो अनुसारको संसारको आँखा बनिरहेको हाम्रो सभ्य र सुसंस्कृत वैदिक दर्शन संसारलाई थाहा दिन हातेमालो गरौं । हाम्रो साम्यवाद यही हो ।

Comments

39 responses to “कम्युनिष्ट र महिलावादीले बुझ्नैपर्ने वैदिक साम्यवाद”

  1. Deepak Bista Avatar
    Deepak Bista

    Quite enlightening scholarly write up and I enjoyed very much going through it!

    1. hari khadka Avatar
      hari khadka

      लेखक ज्यू लाई धेरै धेरै धन्यवाद 🙏🙏

  2. प्रारब्ध Avatar
    प्रारब्ध

    अत्यन्त सटिक, खाेजमलक, यथार्थमा आधारित आलेख…! आशा छ यस्ता आलेखले अरुकाे नक्कल गर्ने क्रमममा आफ्नाे माैलिकता विर्सेका वर्ग तथा समुदायकाे आँखा खुल्नेछ । त्यस्ता वर्गका मान्छेले यस्ता लेख पढ्ने अवसरकाे श्रीजना हाेस ।

    1. Raakesh Shah Avatar
      Raakesh Shah

      ♥️

  3. माया क्षेत्री Avatar
    माया क्षेत्री

    खोजमुलक , पढनै पर्ने लेख

    1. राजु बस्नेत Avatar
      राजु बस्नेत

      समय सान्दर्भिक

  4. D B karki Avatar
    D B karki

    Good I appreciate

  5. सागर अर्याल Avatar
    सागर अर्याल

    अति राम्रो लेख

  6. Anil Avatar
    Anil

    पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।

  7. Govind Belbase Avatar

    अरूका कमजोरी देखाएर आफ्ना कुरा सत्य हुने होइन । हाम्रा पुरखाले गरेको अनुसन्धानलाइ निरन्तरता दिन सक्यो भने वास्तविक ज्ञान प्राप्त हुन्छ । सलाइ–लाइटरको प्रयोग भन्दा पहिला पश्चिमा भन्दा पूर्वीय सभ्यता अगाडि रहेको विश्वास गरिन्छ । तर, त्यस पछि भने हाम्रा पुरखाले विकास गरेको गणितमा थप अनुसन्धान गर्दै आर्टिफिसियल इन्टलिजेन्ससम्म पुग्दा हामीले बेद घोकेर मात्र बसेका होइनाै र ? अव, समय हाम्रा पुरखाले बानी बसाएको अनुसन्धानको लत छाडेर अरूलाइ गाली गरेर हाम्रो कल्याण हुँदैन । ब्ल्याक होल पहिलै नेपालका पुरखालाइ थाहा थियो भने हामीलाइ पश्चिमाले भनेपछि बल्ल हाम्रा पुरखाले पहिल्यै भनेका थिए भन्नुको अर्थ के हुन्छ ? हाम्रै कमजोरी उजागर हुँदैन र ? तथ्यलाइ यथार्थ ज्ञानका रूपमा बुझ्नलाइ खोज पत्रकारिताको यो प्रस्तुतिलाइ हामीले आत्मसात गर्न जरूरी छ। आत्म रतिमा रमाएर हुँदैन । कंप्यूटर के लिए सबसे उपयुक्त भाषा क्या संस्कृत है? https://www.bbc.com/hindi/india-54709814

    1. रमेश दाहाल Avatar
      रमेश दाहाल

      आत्मरतिमा रमाउनु हुँदैन, ठिक। हामी चुक्यौं, त्यो पनि ठिक, विदेशीले सिकाएका धेरै कुरा, उपकरण आज पनि हामी प्रयोग गर्छौं, हाम्रो दैनिकी त्यसले सहज पारिदिएको छ, त्यो पनि ठिक। तर उनिहरुलेे मात्रै १०० वर्ष अघि हात धुन सिकाउँदै गर्दा हामी त्यति अज्ञानी थियौं कि खाना खानुअघि वा खाईसकेर हात धुनुपर्छ कि पर्दैन भन्ने सम्म नजान्ने ? आफुलाई तुच्छ सम्झिन छाडौं र हाम्रा संस्कार, सभ्यताा र शास्त्रमा गर्व गर्न थालौं, अनि नयाँ ढंगले आफ्नो समाजको मुल्याङ्कन गरौं।
      हो अब अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउनै पर्छ।हाम्रा पुर्वीय शास्त्रहरुमा भनिएका/लेखिएका कुराहरुबाट आजको विश्वमा के के कुरा समयसापेक्ष छ भनेर खोजी गर्न सुरु गर्नुपर्छ। गर्नैपर्छ। मार्क्सको नाम जप्न छाडेर सरकार या प्रशासन संयन्त्रले तुरुन्तै यो काम सुरु गरोस्। शुभकामना ।
      #सुझाव

      1. काशिराज सुवेदि Avatar
        काशिराज सुवेदि

        राम्रो लेख छ।धन्यवाद ।

      2. Dr. BP BADAL Avatar
        Dr. BP BADAL

        पश्चिमी नश्लवादी शिक्षा नै हाम्रो प्रमुख समस्या हो । कस्तो राम्रो प्रस्तुति । हार्दीक आभार ।

      3. फनिन्द्र Avatar
        फनिन्द्र

        BBC हिन्दी को विस्वाश नगरौ है।

  8. Netra Avatar
    Netra

    लेखले मन छोयो कति कुरा बुझियो यी कलम नरोकिउन

  9. Deepak Avatar
    Deepak

    Quite analytical, thoughtful and rarely published scholarly written article! Call for action n takehome message sounds good. Congrats n keep researching, n educating people that certainly help connect between ” gyan n bigyan”

    1. Ananda R Paudel Avatar
      Ananda R Paudel

      खोज-अनुसन्धान गरी हामीलाइ तथ्यसँग साक्षात्कार गराइदिनुभएकोमा विनु पोखरेलजीप्रति कृतार्थ छौं। उहाँलाइ अभिनन्दन गर्ने चाहना भयो।

    2. वासु काफ्ले Avatar
      वासु काफ्ले

      सटीक विश्लेषण गरिएको खोजमुलक लेख,
      आद्योपान्त पढिसकेपछि पनि अझै थप दृष्टान्त दिएर तन्काएर लेखेको भए पनि आनन्द मानेर
      ज्ञान ग्रहण गर्न पाइने लागिरहने!!!
      लेखक लाई बधाई, धन्यवाद !

      1. Mohan Avatar
        Mohan

        विनु जि को यो लेखले हाम्रा नैतिक चेतनामा बिर्को लागेका नेता तथा बुद्दिजिवीहरुमा आफ्नो सन्स्कृती र सभ्यताको बारेमा केही घोत्लिन सहयोग गर्ला कि। लेखको लागि हार्दिक धन्यवाद।

      2. Kamal Koirala Avatar
        Kamal Koirala

        Satik and real analysis

  10. Madhuri Singh Avatar
    Madhuri Singh

    Very enlightening informative article, well researched and useful to understand our own identity and importance.

  11. खेमनाथ अर्याल Avatar
    खेमनाथ अर्याल

    यी र यस्ता लेखका लागि हार्दिक धन्यबाद ।
    हाम्रा झोले हरु धनी हुनु न जो छ ।अरुको के प्रभाह

  12. Balaram Shrestha Avatar
    Balaram Shrestha

    हजुरलाई कोटी कोटी नमन्। अत्यन्त मन छुने एक अर्कामा दाजेर कुन सही हो कुन गलत हो भनेर छुट्याएर लेखी दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। आउँदा दिन हरुमा हजुरको यस्ता लेख हरु पढ्न पाइयोस्। आज हाम्रो देशमा आयातित ग्रहण गर्न अयोग्य, संस्कार, संस्कृति, वस्तु सेवाको बिग विगी चलिरहेको अवस्था र बितेका ३० वर्षमा हाम्रो संस्कार, संस्कृति, इतिहास, सम्भव भए सम्म हाम्रो भूगोल नै समाप्त पार्न प्रयोग भएका ती नर पशु हरुलाई सिस्नु पानी लगाएर भए पनि हाम्रो संस्कार संस्कृति, इतिहास, भूगोलको बृहत्तर रूपमा चर्चा, परिचर्चा, प्रचार प्रसार गर्ने काममा हामी हरेक सनातनी हरुको कर्तव्य हुन आउँछ। यसमा हातेमालो गर्दै हाम्रो विश्व सामु गिरेको छविलाई पहिलेकै स्थितिमा पुर्याउन कटिबद्ध भएर लागौं।

  13. min Avatar

    यस्ता लेखहरूले निरन्तरता पाइरहाेस, लेख अत्यन्तै पढ्न, मनन गर्न लायक छ । बिनु जिलाइ बिशेष धन्यवाद ।

  14. Chandra Avatar
    Chandra

    यस्ता लेखहरूले निरन्तरता पाइरहाेस, लेख अत्यन्तै पढ्न, मनन गर्न लायक छ । बिनु जिलाइ बिशेष धन्यवाद .

  15. Nomraj grgr Avatar
    Nomraj grgr

    बिनु पोख्रेल पीएन क्याम्पस पढ्दा ताकाको साथी हो । राम्रो चिन्दछु । मान्छेको विवेक गोचर व्यख्या अध्ययन आ-आफ्नै हुन्छन् । बिनु पोख्रेलले साम्यवाद हाम्रो वैदिक शास्त्रमा थियो । भनेर भनेका छन् । तर व्यवहारमा साम्यवाद होईन सामान्तवाद थियो । हाम्रो समाज नारी प्रधान भनेकी छन् । तर नारी प्रधान यहाँको जनजातीमा थियो । आर्य हिन्दु समाजमा कहिल्यै नारी प्रधान थिएन । जमिन कसैको नहुने भनेर शास्त्रमा लेखेको भनेकी छन् । शास्त्रमा जेसुकै लेखुन् ? त्यहि शास्त्र पढेर आएकाहरूले हिजो राजा महाराजाको गोडा मोलेर किर्ते गरेर, छलछाम गरेर, कानुनको दुरूपयोग गरेर, सार्वजानिक जग्गा हडपेर भुमाफिया बनेर अर्बपती तिनैहरू बनेका छन् । वैदिक शास्त्र के छ भनेर होईन ? समाजिक व्यवहारमा के छ ? अभ्यासमा के छ भनेर खोज अनुसन्धान गरौं । बाईपंखी उडानको हावादारी तर्कले २/४ जनाको आँखामा छारो हाल्न सकिन्छ । व्यवहारत यसको कुनै तुक रहदैन । लेखकले क्रिश्चियनहरूको कारण हिन्दु सनातनी धर्म (जो हिजो छुवाछुत देखि लिएर हुनेनहुने विकृती बोकेर जकडिएका थिए) लाई प्रभाव परेको घुमाउरो पारामा दर्शाएका छन् । धर्मलाई ल्याएर राजनीतिमा जोड्ने, धर्मलाई ल्याएर शासनमा जोड्ने हिजो जुन घिन लाग्दो हर्कत हिन्दुहरूले गरेनी ! त्यसको पनि अध्ययन गरौं । तपाँईलाई क्रिश्चियनहरूको त्यत्रो डर त्रास् ? नेपालका जनजातीलाई हेर्नुहोस् । तपाँईले भने झैं हामी पनि हिजो प्रकृती पुजक थियौं । हामी झाँक्री, बाज्यु बज्यै, भयंर, माईलाई पुज्दथ्यौं । हामी माथि तपाँईको सनातनी वैदिक धर्मले कसरी बराबर व्यवहार गर्यो??? मेरो बराहको मन्दिरमा जबर्जस्त शिवको मुर्ती राखियो । पार्वतीको मुर्ती राखियो । के यहि हो सनातनी धर्मको साम्यवादी नीति ? ऊँ ले ब्ल्याकहोल ? चन्द्रमा ? खोई के के हो के के ग्रह पहिल्यै पत्ता लगाएको होरे ? सगरमाथा सबैले देखेका थिए । तर त्यसको सफल आरोहण सुरूमा कसले गरे ? त्यसले महत्व राख्छ । वैदिक शास्त्रमा लेखिएका सत्य र राम्रा कुराहरूलाई व्यवहारमा लागू गर्ने ठाउँमा हिजोदेखि त्यहि शास्त्र घोकेर आकाहरू थिए । किन धनी गरिबको खाडल खने ? किन उच्च निच जातीको खाडल खने ? किन दास र मालिकको दुरी बनाईदिए ? किन राजा र प्रजाको शासन लादियो ? किनकी वैदिक शास्त्र पढेर राक्षसको व्यवहार वकल्नेहरू छन् यहाँ । यदि वैदिक शास्त्र पढेकाले तपाँईले भने जस्तै साम्यवाद व्यवहारमा सिकाएको भए ? सायद आज माओवाद, माक्सवाद, लेनिनवाद, क्रिश्चियनवाद कुनै पनि नेपल प्रवेश गर्ने थिएनन् ।

    1. मोहन Avatar
      मोहन

      यो यथार्थ हो। लेखक पूर्ण रुपमा आफू(हिन्दु) प्रती आग्रही र अन्यतिर पूर्वाग्रही, सङ्कीर्ण मनोरोग्ले ग्रसित रहिछन। कथित हिन्दु त्स्र्कको दासी। दया लाग्दि

  16. Keshab Avatar
    Keshab

    समाजमा हरेक मान्छे आफ्नो सीप साटेर बाँच्दथ्यो । यसरी सीप बाँडफाँड गरेर समानताका आधारमा एउटा समाज चल्दथ्यो । यस्तो साम्यवाद ल देखाउनुस् त संसारभर ? त्यो पनि आज हो र ? समाज विकास भएदेखि चलेको संस्कृति हो, यो । पैसाको विकास नभएको, बजार बस्ने अभ्यास नभएको बेलामा समाजको एक गेडो चामल नखुट्टिने रोजगारी सबैभन्दा राम्रो थिएन ?

    हामीले हाम्रै आँगनमा नीमको रूख हुर्काएका छौं र पनि त्यसको पातको निश्चित प्रतिशत मात्र राखेर पश्चिमाले बनाएर पठाएको निम्स किन्न बजार पुग्छौं । यसले पनि हाम्रो चेतको स्तर तय गरेको छ । यस्तै बिजोग राजनीतिमा पनि छ ।

  17. Bidur Adhikari Avatar
    Bidur Adhikari

    हो । एउटा खास विषयमा केन्द्रित भएर, प्रमाणित स्रोतबाट चर्चा गरे हुने, सबै पक्ष समेटेर आरोप लगाएर पुरतनपन्थको बचाउ गरिएको रहेछ । लज्जास्पद लेख ।

  18. गिरिराजमणि पराजुली Avatar
    गिरिराजमणि पराजुली

    हिन्दु धर्म सस्क्र्तिको कुरा गर्यो भनेर टाउको दुखे जस्तो छ , सायद यिनीहरु क्रिस्चियन नै होलान , बिदेसी डलर खाएर नेपालमा भएका गरिबी , अशिक्षित बर्ग , सुकुम्बासी हरुलालाई फकाएर , लोभ देखाएर धर्म परिवर्तन गर्न लगाउने वा गराउने , अरुको धर्मलाई गाली र गर्ने को के धर्म र संस्कार हुन्छ र …..!. कमाउनको लागि नै क्रिस्चियन मा छिरेको हो …नै , आफ्नो धर्म सस्कृति राम्रो अध्यन गर्न नसक्ने ले के फुइ लगाउनु हौ , अब यिनीहरुले आफ्नो आमा र बाउ र सन्तान पनि बेच्न बेर छैन , …….मुर्ख संग कुरा गरेर सकिंदैन ….गर्यो भने विद्वान पनि मुर्ख नै हुन्छ , ..बेकार छ , बिनासकाले बिपरिते बुद्धि …तेसै भनेको हैन….आजको संसार भौतिक सुख दिए भने मनको सुख दिएको छैन …., जहिले पनि चोर फताह , जाली , हत्यारा बलात्कारीहरुसंग डराउनु पर्ने , अनुसासन हिन समाज भैसकेको छ , दस ओटा रोग बोकेर कार चढेर के गर्नु आचरण पशु जस्तो भएको छ …..के कुरा गर्नु …..हौ ……..

  19. नीलकण्ठ काफ्ले Avatar
    नीलकण्ठ काफ्ले

    यस्ता लेख हरु निन्तर आईराखे सवैको आँखा खुल्ला कि ।

  20. Karl Bikram Thapa Avatar
    Karl Bikram Thapa

    सत्य पुरानो वा नयाँ हुँदैन, मुख्य कुरो खोज र बदल्नु हो, पुराना ग्रन्थहरूले काम गरेको भए नयाँ आविष्कार नै हुन्थेन,
    १●तपाँईलाई प्रश्न साम्यबाद के हो ?
    २●चेतना र बस्तु कुन पहिलो मान्नुहुन्छ ?
    (मार्क्सले बस्तुलाई हेरेर बुझेर चेतनाको बिकाश भएको भनेर प्रमाणित गर्यो र आदर्शवादले चेतनाको कारण बस्तुको जन्म भयो भन्छ)
    ३●मानिस नानो टेक्नोलोजी, क्वान्टम तिर पुगिसके, क्वान्टम को परिकल्पना तथा theory बेदमा कहाँनेर छ देखाउन चुनौति दिन्छु ।
    यस्ता हावादारी लेख केवल अक्षर हो, एउटै टेबलमा बसेर बहस गर्न तैयार छु तर यल्ले यसो भनेको भनेर मात्र पुग्दैन, त्यो लेखले बैज्ञानिक अबधारणा परिपूर्ति गर्नुपर्छ । होइन भने आउनुस बैज्ञानिक समाजबाद हुँदै साम्यबाद के हो म तपाँईलाई बुझाउँछु र प्रमाणित गरेर देखाउँछु, नत्र यस्ता हावादारी उन्नत समाज बिरोधी लेख लेखेर अब कम्तिमा अचेतन नागरिक झुक्किएलान् तर सचेत नागरिक झुक्किँदैनन् । तपाँईको लेख त उहिल्यै हेगेलले दिएको दर्शन भन्दा पनि निकृष्ट छ ।
    कार्ल मार्क्सले दिएको दर्शन समाजबाद हो, आदर्शवादले दिएको दर्शन सामन्तवाद हो, यो उहिल्यै यूरोपमा प्रमाणित भैसकेको बिषय हो र यस्ता थोत्रा बिषयलाई ठाडै खारेज गरिन्छ ।

  21. RC Avatar
    RC

    Very good and analytical article, it’s really enlightening write-up, please keep it up, thanks.

  22. SAGUN ARYAL Avatar
    SAGUN ARYAL

    worth reading..
    हिन्दु दर्शन उत्र्किस्ठ हो एस मा कुनै पनि बिमति छैन अब कसैले तेस्लाई बांगो टिङ्गो गरेर व्यवहार गर्यो भनेर तेस्को मर्म त् सकिने होइन नि हिन्दु दर्शन प्रति को घृणा लाइ एस्त लेख हरु ले चिर्दै जाने छन् , लेख्दै गर्नु होला। पक्ष बिपक्ष सबै को हुन्छ। कसै को व्यक्ति गत सोच होइन सबैले मान्ने दर्सन ले नै समाज को उन्नत व्यवस्था को निर्माण गर्दछ आज को आवस्यकता येही नै हो। समाज मा अम्बेडकर का अतृप्त प्रेत हरु मदारि रहन्चन यी अतृप्त आत्मा हरु लाइ येस्तै लेख हरु ले झटारो हानी रहनु पर्छ। यिनलाई मंनछौदै गर्न पर्छ। हामी ले भूत काल को अनुभब बाट वर्तमान मा सहि कार्य गर्दै भबिस्य लाइ सुन्दर बनौ ने हो । पुर्खा को गल्ति लाइ यो पुस्ता ले सच्या उन नै पर्दछ । तब मात्रै उन्नत समाज को निर्माण होला। तथ्य परक लेख को लागि बिनु पोख्रेल जी लै धेरै धेरै धन्यवाद।

  23. dhaka Ram Sapkota Avatar
    dhaka Ram Sapkota

    यो लेख पढेर केही डलरे क्रिश्चियन र टुटेफुटेको english बोलेर आधनक ठहरिने अल्पज्ञानीहरुको हावा खुस्कियछ

  24. Nepali Janta Avatar

    गजब लेख, लेखिका लाई हार्दिक धन्यवाद

  25. BP Dhungana Avatar
    BP Dhungana

    धेरै राम्राे र वास्तविक ज्ञानमुलक लेख , धन्यवाद छ लेखक प्रति ।

  26. Deniss Pariyar Avatar
    Deniss Pariyar

    बैदिक साम्यबाद को शब्द भंजाएर हिन्दू धर्म को प्रसंसा गरेको स्पस्ट छ । तर हाम्रो हिन्दू धर्मबाट प्रभावित सामाजिक ब्यवहार मा देखिने लैंगिक भेदभाव र जातीय बिभेद तथा छुवाछुत देख्दा र भोगदा त्यों बैदिक साम्यबाद लाई यहां कुनै तादात्म्यता देखियेन नि ।

  27. mohan Avatar
    mohan

    खक ज्यू लाई धेरै धेरै धन्यवाद 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *