काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न दुवै पक्षलाई नदिने गरी षणयन्त्र भइरहेको आरोप लगाएका छन् ।
आइतबार तेह्रथुममा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले षणयन्त्रपूर्वक ढंगमा सूर्य चिह्न आफूहरुले नपाए चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।
‘सूर्य चिह्न दुईटैलाई नदिने षणयन्त्र भइरहेको छ’, उनले भने, ‘त्यसो भयो भने हामी सहँदैनौं, दिलाई रात पार्ने कोसिस नहोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक ढंगमा प्रस्तुत भएका नेपालले भने– ओली राम्रो प्रधानमन्त्री बन्न सकेनन्, गफाडी नम्बर एक रहेछन्। काम गर्न दिइएन, हात बाँधियो पनि भन्छन्, अनि पुल बनाइयो पनि भन्छन् ।

Leave a Reply