सुरक्षा माग्दै सपना रोकाले गुहारिन् गृहमन्त्री

काठमाडौं । बीबीसीको प्रभावशाली महिला सूचीमा छनोट परेकी सपना रोका मगरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या भएको र ज्यान मार्ने धम्कीसमेत दिइएको भन्दै गृहमन्त्री गुहारेकी छन् । आफूलाई शान्तिसुरक्षाको प्रत्याभूति गराई दोषीलाई कारबाही गर्न उनको माग छ ।

म्याग्दी घर भएकी १८ वर्षीया सपनालाई उनले अभिभावक मानेकी विनयजंग बस्नेतले सामाजिक सञ्जालमार्फत विभिन्न लाञ्छना लगाएका थिए । उनले सपनाका गोप्य तस्वीरहरू सार्वजनिक गरिदिने धम्की पनि दिएका छन् । उनीविरुद्ध प्रहरीमा समेत जाहेरी दिएकी सपनाले गत २५ गते गृहमन्त्रीलाई निवेदन दिएको खुलेको छ ।

आर्यघाटमा बेवारिसे शव जलाएर चर्चा कमाएकी सपना बीबीसीको सुचीमा परेपनि प्रख्यात बनेकी थिइन् । उनले बस्नेतसँगै मिलेर शव जलाउने गर्थिन् ।

Comments

One response to “सुरक्षा माग्दै सपना रोकाले गुहारिन् गृहमन्त्री”

  1. Db Karsang Avatar
    Db Karsang

    बिनय जि ले पनि तेसरि अरुको चरित्र माथि मनपरि बोल्न मिल्दैन। सपना को बुबाआमा ले जे बोल्नु भो बास्तबिक्ता केहो यसको बारेमा क्लियर हुन पर्छ सपना स्वाएमले अहिले सम्म केहि बोलेकि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *