काठमाडौं । विश्व नम्बर तीन नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । शुक्रबार भएको तेस्रो चरणको खेलमा ओन्स जाबेरलाई ६-३, ६-२ को सोझो सेटमा पराजित गर्दै २३ वर्षीया ओसाका चौथो चरणमा पुगेकी हुन् ।
ओसाकाले क्वार्टरफाइनल प्रवेशका लागि १४औं बरियताकी स्पेनिस खेलाडी गार्बिन मुगुरुजासँग प्रतिस्पर्धा गर्नेछिन् । पहिलो चरणमा एनेस्तेसिया पाभ्लुचेन्कोभालाई ६-१, ६-२ पराजित गरेकी ओसाकाले दोस्रो चरणमा क्यारोलिन गर्सियालाई ६-२, ६-३ को नतिजामा पराजित गरेकी थिइन् ।

Leave a Reply