हिरासतबाट रामकुमारीले भनिन्– यो अन्तिम लडाइँ हो

काठमाडौं । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)की नेतृ रामकुमारी झाँक्रीले आफ्नो पक्राउविरुद्ध डटेर लड्न आह्वान गरेकी छिन् ।

पक्राउपछि महानगरीय अपराध अनुसन्धान महाशाखामा रहेकी झाँक्रीले यो अन्तिम लडाइँ भएको समेत उल्लेख गरेकी छिन्।

‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ, अपराध अनुसन्धान मीनभवनमा छु’ ट्वीट गर्दै उनले लेखेकी छिन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।आफ्नो ठाउँमा डटौं।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *