विश्व नम्बर एक बार्टी अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टी वर्षकाे पहिलाे ग्राण्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । बिहीबार भएको खेलमा घरेलु खेलाडी डारिया गाव्रिलोभालाई ६–१, ७–६ (९–७) को सेटमा पराजित गर्दै बार्टी तेस्रो चरणमा पुगेकी हुन् ।

पहिलो चरणमा उनले मोन्टेनेग्रोकी डान्का कोभिनिकलाई ६–०, ६–० को सोझो सेटमा हराएकी थिइन् भने तेस्रो चरणमा २९औं बरियताकी रुसी खेलाडी एकातेरिना अलेक्जान्ड्रोभासँग खेल्नेछिन् ।

पहिलो चरणमा इटालीकी मार्टिना ट्रेभिसनलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेकी अलेक्जान्ड्रोभाले चेक गणतन्त्रकी बार्बोरा क्रेज्सिकोभालाई पराजित गर्दै तेस्रो चरणमा विश्व नम्बर एकसँगको भेट निश्चित गरेकी हुन् ।

गत सिजन पनि अस्ट्रेलियन ओपनको तेस्रो चरणबाट बाहिरिएकी अलेक्जान्ड्रोभालाई यो सिजन पनि विश्व नम्बर एकलाई पराजित गरेर चौथो चरणमा पुग्न कठिन हुनेछ ।

२०१९ मा फ्रेन्च ओपन च्याम्पियन बनेकी बार्टी अघिल्लो संस्करण अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *