मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन दिइने (मन्त्रिपरिषद्का २० निर्णयसहित)

काठमाडौं। सरकारले झापामा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उक्त आयोजनालाई दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले यस्तो झापा जिल्लाको दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको हो।

मंगलबार सार्वजनिक निणर्य अनुसार सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४६ औं सत्रको उच्चस्तरीय सप्ताहमा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको हो ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय पनि सरकारले गरेको छ।

यस्ता छन् निर्णयः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *