काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आफूहरूले गरेको संघर्ष जनआन्दोलन भएको दाबी गरेका छन् ।
नेकपाको ओलीपक्षबाट काठमाडौंमा शुक्रबार आयोजना गरिएको जनसभाको पूर्वसन्ध्यामा तपाईंहरूले गरेको आम हड्तालले मुठभेडको बाटोतर्फ धकेल्दैन ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले सरकार आफैंले जुलुस निकालेर हिजोको पञ्चर्यालीको झल्को दिएको टिप्पणी गरे ।
‘सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ । सबैले विरोध गरेका छन् । हिजो पञ्चायतको बेलामा पैसामा खरिदेर ठूलाठूला र्याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’ प्रचण्डले भने, ‘आफैंले संविधान मिच्ने । आफैंले लोकतन्त्रमाथि प्रहार गर्ने । अनि सरकार आफैंले मान्छे बटुलेर जुलुस गर्ने भनेको पञ्चर्यालीबाहेक केही होइन । हामीले गरेको जनआन्दोलन हो । केपीजीले गर्ने भनेको पञ्चर्यालीबाहेक केही पनि हुँदैन ।’

Leave a Reply