कतारमा ट्वान्टी-२० क्रिकेटका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी

काठमाडौं । कतारमा हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि बन्द प्रशिक्षणमा १८ जना खेलाडी चयन भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको सूचना अनुसार विनोद भण्डारी, सन्दीप जोरा, आशिफ शेख, कुशल भूर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अविनाश बोहरा, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् ।

कोरोना भाइरसको महामारीपछि राष्ट्रिय टोलीले खेल्न लागेको यो नै पहिलो प्रतियोगिता हुनेछ । तर, यसमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस  खड्का लगायतका खेलाडीलाई भने समावेश गरिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *