पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ

काठमाडौं । मुलुकमै कोरोनाविरुद्धको पहिलो खोप लगाएका चिकित्सकले ढुक्कले खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् । टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी र अनुप बाँस्तोलाले निश्चिन्त भएर कारोनाविरुद्धको
खोप लगाउन आग्रह गरेका हुन् ।

खोप बुधबार बिहान टेकु अस्पतालबाट लगाउन सुरु गरियो । उक्त अवसरमा राजभण्डारी र बाँस्तोलासहित जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले खोप लगाइन् ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको भारतको सिरम इन्स्ष्टिच्युटमा उत्पादन भएको कोभिसिल्ड खोप आपतकालीन प्रयोगस्वरुप लगाउन लागिएको हो । टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले पनि खोप लगाए ।

कोरोनभाइरसविरुद्धको खोप अभियान बुधबारदेखि देशभर सुरु भएको छ । ६० खोप केन्द्रबाट जिल्ला र प्रदेशमा खोप लगाउन सुरु गरिएको हो ।

Comments

One response to “पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ”

  1. राम कृष्ण काफ्ले Avatar
    राम कृष्ण काफ्ले

    खाेप भनेर पानी (mineral waters) हालेर पठाएको रैछ कि केहाे केही नहुने।केही न केहि असामान्य स्थिति त जुनसुकै अाैषधि प्रयाेग गर्दा नि हुन्छ त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *