गंगालाल तुलाधर प्रचण्ड–माधव पक्षीय नेकपाको कार्यालय सचिव नियुक्त

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले नेता गंगालाल तुलाधर कार्यालय सचिवमा नियुक्त गरेको छ।

आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले एक कार्यालय सचिव र दुई उपसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार बैठकले मोहन गौतमलाई उपसिचवमा नियुक्त गर्ने निर्णय गरेको छ भने बाँकी एक जनालाई पछि नियुक्त गरिने छ ।

सग्लो नेकपामा ईश्वरी रिजाल र श्रीराम ढकाल गरि दुई कार्यालय सचिव थिए । रिजाल धुम्बाराही पार्टी कार्यालयका सचिव थिए भने ढकाल पेरिसडाँडा कार्यायलका सविच थिए। हाल रिजाल ओली पक्षतिर छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *