को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

काठमाडौंमा शुक्रबार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी टेलिभिजन सिरिजको एउटा पात्रसँग तुलना गरेका छन् ।

उनले कार्यकर्तालाई युट्युवमा खोजेर ‘मुंगेरीलालके हँसिन सपने’ नामको सिरिज हेर्न समेत सुझाए । सन् १९९० मा रिलिज भएको प्रकाश झा निर्देशित यो सिरिजले काम नगर्ने तर दिवास्वप्न मात्र देख्ने मुख्य पात्रको मानसिक स्थितीलाई चित्रण गर्छ ।

अफिसमा जागिर गर्ने मुंगेरीलाल घरमा पत्नी र अफिसमा हाकिमबाट आजित छ । एकदिन मुंगेरीलालको ससुराले आफू प्रहरीको इन्सपेक्टर भएको झूठो सूचना ज्वाइँलाई दिन्छन् । आफ्नै ससुरा पुलिस भएको भन्दै मुंगेरीलालले एकदिन बोसलाई नै बदला लिन्छ । आफ्नै राम्री साथीलाई डेटिङ गर्छ तर सपनामा ।

जब उसकी पत्नीले निद्राबाट ब्युँझाइदिन्छिन्, तब ऊ झल्याँस्स हुन्छ र सबै अवास्तविक थिए भन्ने कुरा बुझ्छ । यो सिरिज हलिउडको चर्चित फिल्म ‘सेक्रेट लाइफ अफ वाल्टर’बाट प्रभावित छ । मुंगेरीलालको भूमिकामा रघुवीर यादवले अभिनय गरेका छन् ।

यसको अर्थ, प्रधानमन्त्री केपी ओलीले पनि प्रचण्ड–माधवलाई मुंगेरीलाल पात्रसँग तुलना गर्दै उनीहरुले दिवास्वप्न मात्र देखेको भन्न चाहेका हुन् । उनको यो अभिव्यक्ति संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गरेको सडक आन्दोलनतर्फ लक्षित थियो भन्ने बुझ्न कठिन छैन ।

Comments

2 responses to “को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?”

  1. निर्मल अर्याल Avatar
    निर्मल अर्याल

    किर्ते ओलीले जानेकै यस्तै नकारात्मक कथा त हो कहिल्यै सकारात्मक सोच आएन खड्गेको ।

    1. Anup Parajuli Avatar
      Anup Parajuli

      निर्मल जी केपी ओलीको भाषणको टुक्रे clip हेरेको भरमा धारणा बनाउनु हुदो रहेछ। एकपटक कुनै पनि भाषण सुरु देखि अन्तिम सम्म सुन्नुहोस्, कम्तीमा १० वटा किताबको प्रसंग आएको रहेनछ भने मलाई भन्नु होला, त्यति अध्ययन गर्ने र अध्ययन गरेका कुरा संवादमा ल्याउन सक्ने मान्छे नेपालमा एकजना अरु छैनन्। राम्रोलाई राम्रो भन्न सक्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *