प्रचण्ड-माधवको शक्ति प्रदर्शनअघि नै उपत्यकाको ट्राफिक अस्तव्यस्त

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध बिभाजित नेकपाको प्रचण्ड–माधव पक्षले शुरु गर्न लागेका शक्ति प्रदर्शनका कारण काठमाडौं उपत्यकाको मुख्य–मुख्य क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ ।

उपत्यकाका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुने छ । काठमाडौंका ९ ठाउँबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ।

१२ बजेदेखि जुलुस शुरु हुने कार्यक्रम भए पनि त्यसअघि नै राजधानीको ‘कोर एरिया’मा चल्ने सार्वजनिक यातायात सेवा प्रभावित भइसकेको छ । जुलुस १२ बजेदेखि शुरु हुने भनिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार मुख्य–मुख्य क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई फर्काइएको छ। अधिकारीका अनुसार अहिले कोटेश्वरबाट तीनकुने हुँदै बानेश्वरतर्फ आइरहेका सवारी साधनलाई तीनकुनैबाट फर्काइएको छ।

यस्तै पुरानो बसपार्क हुँदै सिंहदरबाटतर्फबाट चल्ने सवारीसाधनलाई पनि केहीबेरपछि रोकिने छ। लैनचौर हुँदै रत्नपार्क आउने, थापाथली क्षेत्रतिरबाट रत्नपार्कतर्फक आउने र लैनचौर हुँदै रत्नपार्क आउने सवारी साधन पनि प्रभावित हुने अधिकारीको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *