कर्णाली जाग्यो अब देशै जाग्छ- माधव नेपाल

सुर्खेत । विभाजित नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि गरेको ‘कू’ विरुद्ध कर्णाली जागेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कर्णाली संविधानको पक्षमा लागेको बताए ।

‘ओलीको प्रतिगमनकारी कदमका विरुद्धमा हिजो कर्णालीमा अपार जनप्रदर्शन भयो । कर्णाली जागेको छ, देश नै जाग्छ ।,’ उनले थपे, ‘कर्णाली फर्केको देख्नुभएको छ ? बरु समुन्द्रमा मिल्छ ।’

नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमै निहित रहेको दावी गरे । ‘हामी आधिकारीक हौं, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, अबको एक दुई दिनमा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारवाही गर्दैछौं ।’

अध्यक्ष नेपालले ओलीको एकलौटी पनले देशलाई भड्खालोमा हालेको बताए । ‘ओलीलाई देशको चिन्ता छैन्, संविधानको चिन्ता छैन,’ उनले भने, जनताको चाहनामाथि कुठाराघात भएको छ, संविधान मिचिएको छ, यो कदम गलत भएको कर्णाली पुष्टी गरिसकेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *